झिमरुक गाउँपालिकाका महिलाको सामाजिक अवस्था
DOI:
https://doi.org/10.3126/anweshan.v2i2.74151Keywords:
लैङ्गिक विभेद, अधिकार, संस्कृति, योगदान, हिंसाAbstract
झिमरुक गाउँपालिक झिमरुक गाउँपालिका प्युठानमा पर्छ । यहाँ महिलाको जनसंख्या १४,४९९ रहेको छ । उनीहरूको सामाजिक अवस्थाअन्तर्गत राजनीति, आर्थिक, सांस्कृतिक, शैक्षिक अधिकार तथा लैङ्कगक समानताको स्थिति पर्छ । झिमरुक गाउँपालिकाका महिलाको सामाजिक अध्ययन यिनै मापदण्डभित्र रहेर गर्नुपर्दछ । स्थानीय तहमा प्रतिनिधित्व गर्ने व्यवस्था भएअनुसारले प्रतिनिधित्व गर्ने दलित महिला वडासदस्य पदमा सबै वडाबाट प्रतिनिधित्व हुने गरेको छ । वि.सं.२०७४ सालको स्थानीय चुनावबाट गाउँपालिका उपाध्यक्ष पदमा महिला नै निर्वाचित भएकोमा वि.सं. २०७९ को स्थानीय चुनावमा गठबन्धनको राजनीतिका कारण अध्यक्ष अथवा उपाध्यक्षमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था लागु हुन सकेन । यहाँका महिलामध्ये १ जना २०७४ सालको प्रतिनिधिसभाको सदस्य पदमा प्युठान जिल्लाबाट प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएकाले यहाँका महिलाले प्रतिनिधिमूलक राजनीतिक योग्यता राख्दछन् भन्ने अवस्थाको जानकारी हुन्छ । वि. सं. २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा पनि यस गाउँपालिकाबाट महिला उम्मेदवारले निकटम प्रतिद्वन्द्वीको परिणाम निकालेको तथ्यबाट महिलाप्रति प्युठान जिल्लाका साथै यो गाउँपालिका पनि सकारात्मक दृष्टिकोण राख्दछ भन्ने पुष्टि हुन्छ ।
यहाँका महिलाको सांस्कृतिक अवस्था परम्पराबाट निर्देशित छ । स्थानीय देवीदेवताको परम्परालाई धान्ने काम महिलाले नै गरेका छन् । यहाँ सबै जातका कुलपूजाका लागि चाहिने सामग्रीको जोहो महिलाले नै गर्छन् । मन्दिरमा चाहिने सामग्री, पाहुनाको सत्कार, भान्साको कार्य सबैमा महिलाको भूमिका हुन्छ । यहाँका महिलाले शैक्षिक योग्यता हासिल गर्दै गएको भए पनि उनीहरूको जीविकोपार्जनको मार्गदर्शन हुन सवmेको छैन । उनीहरू इमानदारिता तथा कार्यकौशलता समाजले उपयोग गर्न नसक्नु दुर्भाग्यपूर्ण कुरा हो । राज्यले महिलाबारे बनाएका कानुनलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्दछ र उनीहरूको भागमा पर्ने अधिकार उनीहरूलाई उपलब्ध गराउन राज्य र सरकार सचेत हुनुपर्दछ । महिलामाथि हुने घरेलु हिंसाका विरुद्ध सक्षम र कामयावी कानुनलाई व्यावहारिक रूप दिनुपर्ने आवश्यकता छ । महिला रोजगारको स्थिति सृजना गर्नुपर्दछ र उनीहरूलाई योग्यताअनुसार काम गर्ने क्षेत्र उपलब्ध हुनुपर्छ, किनभने महिलाहरू स्वयम् सक्षम छन् । राज्यको यो सुविधालाई झिमरुकका महिलाले पूरा उपयोग गर्न सक्दछन् ।