काठमाडौँ उपत्यकामा प्रचलित सुप्तुलुङ संस्कृति र परिवर्तित अवस्था
DOI:
https://doi.org/10.3126/anweshan.v2i2.74147Keywords:
औद्योगिकरण, किरात, परिवर्तन, औपनिवेशीकरणAbstract
काठमाडौँ उपत्यकामा किरात राईहरूको बसोवास बृद्धि सँगै उनीहरूको जातिगत संस्कृतिहरूले पश्रय पाउनु स्वभाविक हो । यसको ज्वलन्त दृष्टान्त सुप्तुलुङ संस्कृति पनि हो । सुप्तुलुङ किरात राईहरूको प्रमुख आस्थाको केन्द्र हो । यो सामान्य रूपमा खाना पकाइ खाने चुलो नै हो । तथापी मुन्दुमी विधिविधान गरेर पितृहरूलाई स्थापित गरेपछि भने सुप्तुलुङ बन्दछ र आस्थाको केन्द्रका रूपमा पूज्य हुन्छ । यहाँ पितृहरू निवास गर्ने विश्वासका साथै सुप्तुलुङलाई पितृहरूको प्रतीक पनि मानिन्छ । यिनै आस्थाकेन्द्र सुप्तुलुङ काठमाडौँ उपत्यकामा आइपुग्दा विभिन्न स्वरूपमा निरन्तर परिवर्तनसँगै अस्तित्वमा रहेको देखिन्छ ।