उनी फर्कदिनन् कि ! एकाङ्कीमा नारीको स्वरूप र भूमिका
DOI:
https://doi.org/10.3126/anweshan.v2i2.74142Keywords:
अर्थाेपार्जन, भौतिकवादी दृष्टिकोण, स्वामित्व, स्वायत्तताAbstract
पृथ्वीको उत्पत्ति, जीवको उत्पत्ति र विकाससँगै मानिसको विकासक्र म अगाडि बढेको पाइन्छ । समाज मानिसहरूको पारस्परिक क्रियाको परिणाम हो । यसरी मानव र समाजको अन्योन्याश्रित सम्बन्ध रहन्छ । मानव जातिको आदिम इतिहासलाई व्यवस्थित ढङ्गले प्रस्तुत गर्ने प्रयास फेडरिक एङ्गेल्सले आफ्नो पुस्तक परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति भन्ने ग्रन्थमा गरेका छन् । यसमा उनले परिवारको ऐतिहासिक संरचना (विकासक्रम) को विश्लेषण गर्दै प्राचीन सामूहिक विवाहदेखि लिएर निजी स्वामित्वको उत्पत्तिसँगै प्रचलनमा आएको एक विवाह प्रथासम्म सामाजिक विकासका विभिन्न चरणहरूको चर्चा गरेका छन् । सामाजिक विकाससँगै समाजमा महिलाको भूमिका र महत्त्व पनि परिवर्तित हुँदै गएको पाइन्छ । यिनको सूक्ष्म चित्रण साहित्यमा हुनु स्वाभाविक र सामान्य नै हो । प्रस्तुत अध्ययनमा उनी फर्कंदिनन् कि ! भन्ने एकाङ्गीमा निहित समाज र त्यस समाजमा महिलाको सामाजिक, आर्थिक र राजनीतिक भूमिका उद्घाटन गर्ने प्रयत्न गरिएको छ किनकि समाजको ऐतिहासिक विकासक्रमलाई निर्धारित गर्ने आधारभूत मापदण्ड सामाजिक, राजनीतिक र आर्थिक तत्त्वहरू नै हुन् । आजको पुँजीवादी सामाजिक व्यवस्थामा हाबी रहेको पितृसत्तात्मक सोच र उत्पादन शक्तिमाथि अझै पनि महिलाहरूको सशक्त पहुँच पुग्न नसकेको स्थितिमा महिलाले आफ्नो अस्तित्व र सर्वाेपरिताका लागि कठिन सङ्खर्ष गर्नुपरिरहेको छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ ।