अर्थ राजनीतिमा परम्परागत हस्तकला र आधुनिकताको प्रभाव

Authors

  • रामनारायण Ram Narayan महतो Mahato

DOI:

https://doi.org/10.3126/anweshan.v2i2.74137

Keywords:

मटकुडी, झाँप, डाली, सिक्की

Abstract

परम्परागत हस्तकलाले सदियौँदेखि समाजको अर्थतन्त्र सुदृढ बनाउँदै आएको भए पनि पछिल्ला केही दशकदेखि कलामा ह्रास आएको पाइन्छ । राज्यले अर्थ
राजनीतिभित्र यसप्रति कुनै चासो नराख्दा उदासिनता बढदै गएको छ । परम्परागत हस्तकला मानिसको दैनिक क्रियाकलाप, धार्मिक कार्य, विभिन्न संस्कार र माङ्कलिक पूजापद्धति, सजावट, उपहार र मनोरञ्जनका लागि समेत प्रयोग हुँदै आएका छन् । कतिपय माङ्गलिक तथा धार्मिक कार्य गर्दा हस्तकलाका सामाग्रीहरू नभई नहुने मान्यता रहेको छ । यी हस्तकला निर्माणमा वर्तमान समयमा आधुनिकताले व्यापक प्रभाव पारेको छ । जनसत्र्या वृद्धि, बेरोजगारी समस्या, महँगी, विभिन्न कच्चा पदार्थको अभाव, युग सुहाउँदो उत्पादनमा कमी, बजार विस्तारको अज्ञानता, मनग्य आम्दानीको कमी, बजारमा प्लास्टिक र धातुजन्य सामाग्रीको प्रचुरता, प्रतिस्पर्धाको अभाव, वैदेशिक रोजगारप्रति आकर्षण बढ्नु, सम्वद्र्धनको अभाव र हस्तकलाका सौन्दर्यात्मक तथा माङ्कलिक अभिष्टलाई बनाइएका सामाग्रीको अवमूल्यन आदिले गर्दा कलाप्रति अरूचि बढ्नुको साथै कतिपय कलाकर्मीहरू आÇनो पेसाबाट पलायन भएका छन् ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
13

Downloads

Published

2025-01-19

How to Cite

महतो Mahato र. R. N. (2025). अर्थ राजनीतिमा परम्परागत हस्तकला र आधुनिकताको प्रभाव. Samaj Anweshan समाज अन्वेषण, 2(2), 7–15. https://doi.org/10.3126/anweshan.v2i2.74137

Issue

Section

Research Article