सामाजिक रूपान्तरण र बुद्धिजीवी

Authors

  • भीष्म Bhism जोशी Joshi

DOI:

https://doi.org/10.3126/anweshan.v2i1.68598

Keywords:

सत्य, मानवअधिकार, सत्ता, न्याय, समानता

Abstract

यो सामाजिक रूपान्तरण र बुद्धिजीवी शीर्षकमा लेखिएको अनुसन्धामूलक लेख हो । पाठकहरूलाई सामाजिक रूपान्तरणका लागि बुद्धिजीवीहरूको जिम्मेवारी कस्तो हुनुपर्छ भन्नेबारेमा उत्सुकता जगाउने उद्देश्यले यो लेख लेखिएको हो । समाजमा विभिन्न वर्ग, लिङ्ग, समुदायको मिलन र एकत्वको समष्टि नै समाज हो । प्रकृतिका हरेक चिज निरन्तर परिवर्तन र गतिशील भए जस्तै हाम्रो मानव समाज पनि निरन्तर गतिशील छ । समाज निरन्तर सूक्ष्मतम, मात्रात्मक र गुणात्मक ढङ्गले परिवर्तन भइरहेको छ । यसरी निरन्तर गतिवान् भएर बगिरहेको समाजको सकारात्मक परिवर्तन नै सामाजिक रूपान्तरण हो । सामाजिक रूपान्तरणमा योगदान पुर्याउने विभिन्न तत्त्व र समाजको महत्त्वपूर्ण वर्गमध्येको एक वर्ग बुद्धिजीवी वर्ग हो । यसले यो लेख समाजलाई अगाडि बढाउन अर्थात् सकारात्मक दिशातर्फ डोर्याइरहन कसरी आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरिरहेको छ र के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित गरिएको छ । यसमा सामाजिक रूपान्तरण, बुद्धिजीवीको परिभाषा, उनीहरूको सामाजिक भूमिका, दायित्व र जिम्मेवारीजस्ता विषय उठान गरिएका छन् ।

Downloads

Download data is not yet available.
Abstract
219
PDF
101

Downloads

Published

2024-08-12

How to Cite

जोशी Joshi भ. B. (2024). सामाजिक रूपान्तरण र बुद्धिजीवी. Samaj Anweshan समाज अन्वेषण, 2(1), 151–159. https://doi.org/10.3126/anweshan.v2i1.68598

Issue

Section

Research Article