सामाजिक समावेशिताको एथ्नोग्राफिक आयाम

Authors

  • रुद्र Rudra अर्याल Aryal

DOI:

https://doi.org/10.3126/anweshan.v2i1.68589

Keywords:

समावेशिता, असमावेशिता, वञ्चितीकरण, दलित, स्थानीय तह

Abstract

एथ्नोग्राफिक अध्ययनमा आधारित यो लेखले नेपालको सुदुरपश्चिमको पहाडी क्षेत्रमा रहेको एउटा उदाउँदो नगर र त्यस आसापासको ग्रामिण भेगहरूमा समावेशिता र असमावेशीका विविध आयाम र चरित्र बाहिर ल्याएको छ । हालका स्थानीय तहका सरकारले सामाजिक समावेशिताका विषयमा के कसरी चासो, चिन्ता राख्दै आफ्ना अधिकारहरूलाई उपयोगमा ल्याउन कत्तिको सफल छन् वा छैनन् भन्ने विषयमा यो लेखले प्रष्ट पारेको छ । जसरी असमावेशीकरणका विविध आयामहरू स्थानीय माताहतका समाज, समुदाय र सरकारहरूले भत्काउन सकेका छैनन् । त्यसैगरी समावेशीकरणको अभियान र अभ्यासले यथोचित स्थान पाउन नसकेको यो लेखले स्वीकार गरेको छ । यसका साथै साङ्गठनिक परिपाटी बोकेका स्थानीय घरपरिवार, गाउँटोल, संस्थासमूह, आदिको देखिने र लुप्त किसिमको असमावेशी चरित्रलाई प्राथमिकतामा राखी तिनलाई समावेशीको अवरोधकका रूपमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधिमा आधारित रही सूचना र जानकारी सङ्कलनका लागि स्थलगत क्षेत्रको अवलोकन, विभिन्न व्यक्तिहरूसँगको औपचारीक र अनौपचारिक अन्तरवार्ता तथा कुराकानीहरू, छलफल, आदिको सहयोग लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
90
PDF
38

Downloads

Published

2024-08-12

How to Cite

अर्याल Aryal र. R. (2024). सामाजिक समावेशिताको एथ्नोग्राफिक आयाम. Samaj Anweshan समाज अन्वेषण, 2(1), 126–137. https://doi.org/10.3126/anweshan.v2i1.68589

Issue

Section

Research Article