प्राचीन उत्पादन प्रणालीको सामाजिक प्रभाव

Authors

  • समीर Samir सिंह Singh

DOI:

https://doi.org/10.3126/anweshan.v2i1.68587

Keywords:

उपरी संरचना, पक्षधरता, अन्तरक्रियात्मक, एकाइ, औजार

Abstract

यो लेखमा प्राचीन समाजको दुईओटा पक्षको तुलनात्मक अध्ययन गरिएको छ । प्रारम्भको कम्युन समाज र त्यसपछिको निजी सम्पत्तिमा आधारित समाजका केही तथ्यको विश्लेषण गरी सही निष्कर्षमा पुग्नु यो लेखको उद्देश्य हो । निजी सम्पत्ति हुँदा र नहुँदा मानव समाजमा कुनकुन प्रकारका दृष्टिकोण निर्माण हुन्छन् ? त्यसले समाजलाई कसरी निर्देशित गर्दछ ? सामाजिक संरचनामा कसरी फरकपन आउँछ ? यी प्रश्न समाज विश्लेषणको सन्दर्भमा निरन्तर रूपमा उत्पन्न भइरहने प्रश्न हुन् । सामूहिक उत्पादन र सामूहिक उपभोगमा आधारि सामाजिक संरचना निर्माण हुँदा समाजको प्रगति तथा समृद्धिले कसरी गुणात्मक फड्को मार्न सक्छ ? यो एकदमै महत्तवपूर्ण प्रश्न हो । यी तथ्यहरूको विश्लेषणले वर्तमान समाजको समृद्धिको सन्दर्भमा पनि विशेष महत्त्व राख्दछ । यो विषयमा स्पष्ट ज्ञान प्राप्त गर्न प्राचीन समाज र त्यसको उत्पादन प्रणालीको अध्ययनले विशेष महत्त्व राख्दछ । मानव समाजसँग उत्पादन प्रणालीको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । मानव जाति आफ्ना इच्छा र आवश्यकता पूरा गर्न उत्पादनसँग जोडिएको हुन्छ । त्यसरी अगाडि बढ्दै जाँदा उत्पादनको अवधिमा उनीहरूका बिचमा एक प्रकारको सम्बन्ध बन्ने गर्दछ । त्यही सम्बन्धको आधारमा समाजको स्वरूप निर्धारण हुने गर्दछ । उत्पादनको अवधिमा धर्म, दर्शन, संस्कृति, कला, साहित्यजस्ता उपरी संरचना अस्तित्वमा आउँदै गइरहेको हुन्छ । प्राचीन समाज अध्ययनको सन्दर्भमा यी विविध पक्षको पनि चिरफारमा केन्द्रित हुनुपर्दछ । प्राचीन समाजको एउटा संरचना थियो । आधुनिक समाजको बेग्लै स्वरूप छ । समाजको ऐतिहासिक अध्ययनबाट प्रस्ट हुन्छ, समाजको स्वरूप कहिल्यै पनि एकै प्रकारको रहिरहेन । समय र परिस्थितिअनुसार समाजको स्वरूपमा परिवर्तन आउँदै गयो । प्राचीन समाजदेखि आधुनिक समाजसम्म आइपुग्दा उत्पादन प्रणालीको निर्णयात्मक भूमिका रहेको हुन्छ र त्यही आधारमा समाजको गतिशील यात्रा निरन्तर चलिरहेको हुन्छ । प्राचीन समाजको उत्पादन प्रणालीको अध्ययन गर्दै यो मान्यतालाई पुष्टि गर्ने लेखको उद्देश्य हुने छ । त्यही मात्र होइन, वर्तमान समाजको समृद्धिको योजना तयार पार्दा यी तथ्यहरूले पनि विशेष महत्त्व राख्नेछ ।

Downloads

Download data is not yet available.
Abstract
57
PDF
27

Downloads

Published

2024-08-12

How to Cite

सिंह Singh स. S. (2024). प्राचीन उत्पादन प्रणालीको सामाजिक प्रभाव. Samaj Anweshan समाज अन्वेषण, 2(1), 105–114. https://doi.org/10.3126/anweshan.v2i1.68587

Issue

Section

Research Article