नेपाली समाज र यसले जनस्वास्थ्यमा पारेको प्रभाव

Authors

  • दीपबहादुर Dip Bahadur अधिकारी Adhikari

DOI:

https://doi.org/10.3126/anweshan.v2i1.68579

Keywords:

आध्यात्मिक स्वास्थ्य, मानसिक स्वास्थ्य, संवेगात्मक स्वास्थ्य

Abstract

समृद्ध र स्वस्थ समाज निर्माणका लागि हरेक नागरिक शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपले स्वस्थ हुन जरुरी हुन्छ । मृत्यु शास्वत सत्य हो अर्थात् प्राकृतिक प्रक्रिया हो । यद्यपि दिनहुँ यहाँ मानिसहरूले अप्रत्यासित ज्यान गुमाइरहेका हुन्छन् । अकालमा मृत्यु हुनु अथवा उपचार विधि भएर पनि रोग पालेर बस्न बाध्य हुनु स्वस्थ समाज निर्माणको सूचक भने पक्कै होइन । मानिस सामाजिक प्राणी हो । यसर्थ, साझा उद्देश्य प्राप्तिका लागि व्यक्तिहरू सङ्गठित भएर समाज निर्माण गरिएको हुन्छ । समाज स्थापना र रूपान्तरण गर्ने क्रममा आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिकजस्ता तत्त्वहरू आधार बन्न पुगेका छन्, जसले जनस्वास्थ्यमा प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन् । नेपाली समाजमा विविधता छ । अर्को शब्दमा भन्नुपर्दा विभिन्न वर्ण, जातजाति, परम्परा, धर्म, संस्कृति र भाषाहरूको सङ्गम नेपाली समाजको मूल विशेषता हो । यी सामाजिक पक्षहरूको पनि जनस्वास्थ्यसँग गहिरो सम्बन्ध रहेको छ । यसैगरी विश्वव्यापीकरणको विस्तारसँगै नेपाली समाजमा बढ्दो पाश्चात्य संस्कृतिको प्रभावले पनि नेपाली जनस्वास्थ्यमा उत्तिकै असर पारिरहेको हुन्छ । यसै सन्दर्भमा नेपालको वर्तमान स्वास्थ्य अवस्थाको विश्लेषण गर्ने र नेपाली समाज तथा जनस्वास्थ्यको अन्तर्सम्बन्धमा प्रकाश पार्ने उद्देश्यका साथ यो लेख तयार पारिएको हो । यस लेख तयार गर्न विभिन्न द्वितीय स्रोतका सामग्रीहरूलाई आधार बनाइएको छ । निष्कर्षमा स्वस्थ समाज निर्माणका लागि केही रुढीवादी तथा अन्धविश्वासमा आधारित परम्परागत अभ्यासहरूलाई निरुत्साहित गर्दै र के ही कुराहरूलाई सुधार गर्दै जान आवश्यक छ । त्यसैगरी स्वास्थ्यस्तर अभिवृद्धिका लागि नागरिकहरूको शैक्षिक र आर्थिकस्तरको उत्थान पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । यसका साथै राज्यद्वारा प्रदान गरिएका स्वास्थ्य सेवामा सबैको समान पहुँच पुर्याउनका लागि स्वास्थ्य क्षेत्रमा लगानी बढाउन आवश्यक छ ।

Downloads

Download data is not yet available.
Abstract
81
PDF
57

Downloads

Published

2024-08-08

How to Cite

अधिकारी Adhikari द. D. B. (2024). नेपाली समाज र यसले जनस्वास्थ्यमा पारेको प्रभाव. Samaj Anweshan समाज अन्वेषण, 2(1), 94–104. https://doi.org/10.3126/anweshan.v2i1.68579

Issue

Section

Research Article