नेपालको सन्दर्भमा राजनीतिक परिवर्तन र समाज विकासका आयामहरू

Authors

  • देवीप्रसाद Devi Prasad पौडेल Poudel

DOI:

https://doi.org/10.3126/anweshan.v2i1.68570

Keywords:

सामाजिकीकरण, समावेशीकरण, उन्नत समाज, दिगो सामाजिक विकास, आदिम समाज

Abstract

नेपालको राजनीतिक परिवर्तन र समाज विकासका आयामहरूको बारेमा यो लेख तयार पारिएको छ । यस लेखको मूल उद्देश्य राजनीतिक परिवर्तनले समाजमा सृजना भएको अवस्थाको लेखाजोखा गर्नु, समाज विकासमा राजनीतिक प्रभावको पहिचान गर्न, नेपालमा नागरिक समाज र यसको भूमिका, वर्तमान अवस्थामा देखा परेका सामाजिक समस्याहरूको पहिचान एवं विश्लेषण गर्नु रहेको छ । यस लेखमा नेपालको समाज विकासका विभिन्न आयामहरूको बारेमा छलफल र विश्लेषण गरिएको छ । यो लेख वर्णनात्मक तथा गुणात्मक प्रकृतिको छ । सङ्क्षेपमाभन्दा सामाजिक परिवर्तनमा नागरिक समाजको पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । प्रत्येक समाज निरन्तर गतिशील हुन्छ । राजनीतिक परिघटनाले सिङ्गो समाज प्रभावित हुन्छ । समाजलाई खास मूल्यमान्यताले चलाउने प्रयास भइरहेको हुन्छ । साझा उद्देश्यहरू पूरा गर्न समाजको एउटै मत रहेको हुन्छ । समाजमा उत्पन्न विकृति र विसङ्गतिहरूको अन्त्य गर्न र सभ्य समाजको निर्माणमा राजनीतिले नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । राजनीतिक परिवर्तनले मात्र समाज रूपान्तरण हुने होइन, यसका लागि राजनीतिक विचार, योजना तथा त्यसको उचित व्यवस्थापन र कार्यान्वयन आवश्यक हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
100
PDF
116

Downloads

Published

2024-08-08

How to Cite

पौडेल Poudel द. D. P. (2024). नेपालको सन्दर्भमा राजनीतिक परिवर्तन र समाज विकासका आयामहरू. Samaj Anweshan समाज अन्वेषण, 2(1), 51–60. https://doi.org/10.3126/anweshan.v2i1.68570

Issue

Section

Research Article