नेपालको वर्तमान शासन व्यवस्था र समाजवाद स्थापनाको प्रश्न

Authors

  • केशव Keshab पुडासैनी Pudasaini

DOI:

https://doi.org/10.3126/anweshan.v2i1.68569

Keywords:

जनयुद्ध, राजनीति, अर्थतन्त्र, काल्पनिक समाजवाद, वैज्ञानिक समाजवाद, श्रमशक्ति, रेमिट्यान्स

Abstract

नेपालमा भएका राजनीतिक परिवर्तनहरूले यहाँको सामाजिक आर्थिक विकासको क्षेत्रमा अपेक्षाकृत सकारात्मक प्रभाव परेको देखिएको छैन । गणतन्त्र स्थापनापछि बनेका हरेक सरकारको प्राथमिकता धेरैभन्दा धेरै श्रमशक्ति निर्यात गर्ने प्रवृत्तिले नै निरन्तरता पाइरहेको छ । संविधानसभाको निर्वाचनबाट गठन भएको संविधानसभाले निर्माण गरेको नेपालको संविधान–२०७२ मा समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनिए पनि देश आर्थिक रूपमा पराधीन हुँदैै गइरहेको छ । नेपालको राजनीतिक इतिहासमा निश्चित रूपले पछिल्लो राजनीतिक परिवर्तन युगान्तकारी परिवर्तन नै हो । तर यस परिवर्तनसँगै देशको आर्थिक विकास र समृद्धिको क्षेत्रमा सकारात्मक प्रभाव पर्न सकेन । बर्सेनी बढ्दो वैदेशिक व्यापार घाटा, सरकारी (सार्वजनिक) ऋण, बढ्दो भ्रष्टाचारको प्रवृत्तिलाई विश्लेषण गर्दा पछिल्लो राजनीतिक परिवर्तनपछि नेपाल आर्थिक विकासको दृष्टिले झन् कमजोर बन्दै आएको छ ।

Downloads

Download data is not yet available.
Abstract
73
PDF
83

Downloads

Published

2024-08-08

How to Cite

पुडासैनी Pudasaini क. K. (2024). नेपालको वर्तमान शासन व्यवस्था र समाजवाद स्थापनाको प्रश्न. Samaj Anweshan समाज अन्वेषण, 2(1), 38–50. https://doi.org/10.3126/anweshan.v2i1.68569

Issue

Section

Research Article