द्वन्द्व र शान्तिनिर्माण प्रक्रियामा समाज

Authors

  • विष्णु राज Bishnu Raj उप्रेती Upreti

DOI:

https://doi.org/10.3126/anweshan.v2i1.68566

Keywords:

द्वन्द्व व्यवस्थापन, हिंसा, सामाजिक विभेद

Abstract

द्वन्द्व समाजको अपरिहार्य यथार्थ भएकोले द्वन्द्व सृजना र व्यवस्थापन तथा यसका आधारभूत कारणहरूको सम्बोधन गरी शान्तिनिर्माणमा समाजको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ (Merton, 1957; Upreti, 2002) । समाजले आफू र आफ्नो वरपर के कस्ता द्वन्द्व भएका छन् र यिनका कारणहरू के हुन्, कसरी समाधान गर्न सकिन्छ भन्नेबारेमा सदा चिन्तन गरिरहेकै हुन्छ । यो लेख यिनै सवालहरूमा विवेचना गर्ने उद्देश्यबाट लेखिएको छ । यो लेख तयार गर्न अपनाएको विधिमा लेखकले ३० वर्षदेखि द्वन्द्व र शान्तिनिर्माणसम्बन्धत गरेको अध्ययन र अनुभवको संश्लेषण, प्रत्यक्ष सूचना (जानकारी) सङ्कलन, सन्दर्भ सामग्री समीक्षा र अवलोकनको विधि प्रयोग गरिएको छ । यो लेखको मूलखण्डमा द्वन्द्व किन हुन्छ (कारणहरू) यसको समाधानका रणनीति, समाधानका उपाय, द्वन्द्व र शान्तिको अन्तर्सम्बन्ध, शान्तिनिर्माणमा समाजको भूमिका जस्ता विषयहरूरहेको छ । यो लेखको निष्कर्ष के हो भने द्वन्द्व समाजको अभि; अङ्क हो । द्वन्द्व विनाको समाज कल्पना गर्न सकिन्न, सबै द्वन्द्वहरू खराब हुदैनन्, द्वन्द्वले समाज रूपान्तरण र शान्तिनिर्माणमा महत्त्वपूर्ण योगदान दिएको हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
147
PDF
122

Downloads

Published

2024-08-08

How to Cite

उप्रेती Upreti व. र. B. R. (2024). द्वन्द्व र शान्तिनिर्माण प्रक्रियामा समाज. Samaj Anweshan समाज अन्वेषण, 2(1), 28–37. https://doi.org/10.3126/anweshan.v2i1.68566

Issue

Section

Research Article