'प्रिय मौनता' कवितासङ्ग्रहमा प्रयुक्त अन्तर्पाठीयताको विश्लेषण
DOI:
https://doi.org/10.3126/amcj.v4i1.63865Keywords:
अन्तर्पाठ, अनुसरण, रचनात्मक अतिक्रमण, विस्तृतीकरण, सिर्जनात्मक संवादAbstract
प्रस्तुत लेखमा कवि नेत्र एटमको 'प्रिय मौनता' (२०७७) कवितासङ्ग्रहमा प्रयोग भएको अन्तर्पाठीयताको विश्लेषण गरिएको छ । यस कवितासङ्ग्रहका कविताहरुमा प्रयोग भएका बाह्य पाठले कवितामा ल्याएका सघनता र विशिष्टताको खोजी गर्नु प्रस्तुत लेखको उद्देश्य हो । यस सन्दर्भमा कविताहरूको विश्लेषणका लागि उत्तरआधुनिक चिन्तन अन्तर्पाठीयतालाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरिएको छ । अन्तपठीयताको अवधारणाले सबै साहित्यको रचना अन्य कुनै पाठको सहयोग र सहायता लिएर सिर्जित भएको हुन्छ भन्ने मान्यता राख्दछ । यस सङ्ग्रहका कविताहरुमा मानवीय जीवन र प्रेमका शाश्वत अनुभूतिका साथै मनका विभिन्न अवस्था र स्थितिलाई प्रकृति र पर्यावरणका विभिन्न सरल र सुन्दर बिम्बमार्फत सघन अभिव्यक्ति गरिएको छ । यहाँ सरल र सामान्य लाग्ने शब्दहरूमा अनुभूतिको तीव्रता र भावको सघनता भर्न नेपाली साहित्य र पाश्चात्य जगत्का विभिन्न सिर्जनाहरूमा प्रयोग भएका विषय, अनुभूति, विचार, शैली र चिन्तनलाई संशोधित परिवर्धित र परिमार्जित गरी उपयोग गरिएको छ । यी कवितामा आत्मिक प्रेमका साथै मानवीय अस्तित्व, स्वाभिमान र स्वतन्त्रताका शाश्वत र उदात्त भावलाई जादुमयी र प्रवाहमयी तुल्याउन अग्रज लेखक, पात्र र चिन्तनसँग गहन अन्तर्क्रिया र रचनात्मक तर्क गर्नाका साथै तिनीहरूका विषय, विचार, भाव र शैलीको रचनात्मक, सिर्जनशील र मौलिक अनुसरण गरिएको छ । यस लेखमा कवितामार्फत विश्वसाहित्यका पूर्वजहरूसँग गरिएको संवादका साथै विचार, भाव र शैलीको परिष्कृत र परिमार्जित अनुसरणले सङ्गृहीत कवितालाई सरल आवरणमा गहन, विशिष्ट र शक्तिशाली तुल्याएका छन् ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell (RMC), Adarsha Multiple Campus, Gajuri 1, Dhading, Nepal