क्षण, जाति र परिवेशका आधारमा ‘अभागी’ कथाको विश्लेषण {Based on the moment, race and environment Analysis of the 'unfortunate' story}
DOI:
https://doi.org/10.3126/amcj.v3i1.45460Keywords:
सामाजिक यथार्थवाद, प्रत्यक्षवाद,, मनोविज्ञान, विधेयवाद, समाजशास्त्र,, Psychology, sociology, Social realismAbstract
प्रस्तुत अध्ययनमा गुरुप्रसाद मैनालीको ‘अभागी’ कथामा देखिएको मूल प्रकृतिलाई समेट्ने प्रयत्नगरिएको छ । समाजशास्त्री हिप्पोलाइट अडोल्फ टेनद्वारा प्रतिपादित समाजशास्त्रका प्रजाति, क्षण रपरिवेशका आधारमा विश्लेषण गरिएको छ । पाश्चात्य साहित्यमा निहित समाज र संस्कृतिको चित्रणगर्ने सिद्धान्त विशेषका रूपमा साहित्यको समाजशास्त्रीय अध्ययन परिचित छ । यसका पनि विधेयवादीर मीमांशावादी गरी दुई धाराहरू छन् । प्रस्तुत अध्ययन साहित्यको समाजशास्त्रीय चिन्तनअन्तर्गतविधेयवादी धारासँग सम्बन्धित छ । साहित्यिक समाजको अध्ययनमा प्रजाति, क्षण र परिवेशले महत्वपूर्ण भूमिका खेल्ने हुनाले विविध मान्यतामध्ये यी तीन कुराहरूले व्यक्तिको भाषा, संस्कृति, रहनसहन, परिस्थितिआदिमा साहित्य र समाजको अध्ययन गर्न सकिन्छ भन्ने विचार प्रस्तुत गरिएको छ । सिर्जना समाजभन्दा भिन्न रहन सक्दैन भन्ने धारणा यसमा छ । टेनले प्रजातिको विकासमा डार्विनको विकासवादी सिद्धान्तबाट पनि प्रभाव ग्रहण गरेका छन् । उनले साहित्यको अध्ययनबाट त्यस समयको मान्छेको भावना, विचार रजीवन अवस्था बोध हुन्छ भन्ने मान्यता राखेका छन् । साहित्यको समाजशास्त्रीय अध्ययनमा समय तथायुगको खोजलाई समाजसँग जोडेर हेर्नुपर्छ । मान्छे एक्लो हुँदा ऊ प्रकृति तथा सामाजिक वातावरणद्वारा जेलिएको हुन्छ । त्यसैले वातावरणको प्रभावमा एउटा मेसिनले जसरी साहित्यकारको मस्तिष्कले कार्य गरेको हुन्छ । साहित्यिक कृतिमा प्रजाति, क्षण र परिवेशको आधारमा ‘अभागी’ कथाको समाजशास्त्रीय विश्लेषण गर्दा जुन घटनाक्रम आएका छन्, तिनलाई यस अध्ययनमा टेनको समाजशास्त्रीय प्रवृत्तिगत विशिष्टताका आधारमा तथ्यपूर्ण विश्लेषण गर्ने प्रयास गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell (RMC), Adarsha Multiple Campus, Gajuri 1, Dhading, Nepal