लिपिको उत्पत्ति, विकास र लिच्छवि लिपि

Authors

  • बेन्जु कुमारी Benju Kumari श्रेष्ठ Shrestha संस्कृति विभाग, त्रिचन्द्र बहुमुखी क्याम्पस, त्रिवि, काठमाडौँ

DOI:

https://doi.org/10.3126/acadview.v9i1.71363

Keywords:

आशयलेखन, लिच्छवि, लिपि, ब्राह्मी, ध्वन्यात्मक

Abstract

लिपि लेखनकलाको मूल स्रोत हो । प्राग मानवले ओडार र गुफाका भित्ताहरूमा कोरेका साङ्केतिक चिह्नहरूबाट विकसित हुँदै आएको लिपिको माध्यमबाट वर्तमान लेखनकलाको विकास भएको हो । लिपिको उत्पत्ति र विकाससम्बन्धमा एकिन समय बताउन सक्ने तथ्यगत प्रमाण नभएता पनि यसको विकास मानव जीवनका शुरुवाती दिनहरू सँगै विकासवादी सिद्धान्त अनुरूप नै भएको हो भन्ने तर्क सर्वसम्मत छ । लिपिको उत्पत्ति, विकासका साथै नेपालमा लिच्छवि लिपिको विकास उजागर गर्ने उद्देश्य राखेर थालिएको यो लेख मुलतः पुस्तकालयीय विधि तथा वर्णनात्मक र विश्लेषनात्मक ढाँचामा आधारित रहेको छ । प्रस्तुत लेखको मुख्य अभिप्राय संस्कृति मूल विषयको रूपमा अध्ययन गर्ने विद्यार्थी तथा सम्बन्धित अन्य पाठकहरूका लागि लिच्छवि लिपि सम्बन्धमा सामान्य जानकारी हुन सकोस भन्ने हो । नेपालमा लिपिको विकास भारतवर्षमा विकसित ब्राह्मी लिपिकै परिबर्तित स्वरूप हो भन्ने कुरा लिच्छविकालदेखि उपलब्ध भएका अभिलेखहरूको अध्ययनबाट स्पष्ट हुन आउँछ । ब्राह्मी लिपिमा आएका निरन्तर परिवर्तनहरूको परिणाम स्वरूप नेपालको लिच्छवि लिपि भएको प्रमाणित हुन आउँछ । यसले विभिन्न कालखण्डमा विभिन्न आकार, प्रकार र स्वरूपमा रूपान्तरित हुँदै तत्कालीन समयमा आफूलाइ एक सशक्त प्रचलित लिपिको रूपमा उभ्याएको थियो ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
31

Downloads

Published

2023-12-31

How to Cite

श्रेष्ठ Shrestha ब. क. B. K. (2023). लिपिको उत्पत्ति, विकास र लिच्छवि लिपि. Academic View, Journal of TUTA Tri-Chandra Campus Unit, 9(1), 207–222. https://doi.org/10.3126/acadview.v9i1.71363

Issue

Section

Articles