आधारभूत तहको भाषाशिक्षणमा निरन्तर विद्यार्थी मूल्याङ्कनको सान्दर्भिकता {Continuing student in basic level language learning Relevance of evaluation}

Authors

  • कुश्मिला Kushmila आचार्य Acharya शिक्षाशास्त्र केन्द्रीय विभाग, नेपाली भाषा शिक्षा विभाग, कीर्तिपुर, त्रि.वि. Central Department of Education, Nepali Education Depart, TU

DOI:

https://doi.org/10.3126/tuj.v36i02.46647

Keywords:

पृष्ठपोषण, पाठ्यक्रम, सिर्जनात्मक, गृहकार्य, निदान

Abstract

प्रस्तुत लेख आधारभूत तहमा गरिने निरन्तर मूल्याङ्कनको सान्दर्भिकतासँगसम्बन्धित छ । विद्यार्थीहरूमा सुनाइ, बोलाइ, पढाइपछि लेखाइ सिपको विकास गराउनु भाषाशिक्षणको प्रमुख उद्देश्य हो । यी चारवटा सिपहरूको उपयुक्त तरिकाले विकास गराउन भाषिक मूल्याङ्कनको आवश्यकता पर्दछ । गुणात्मक विधिको उपयोग गरी लेखिएको यस लेखको सैद्धान्तिक अवधारणा निरन्तर विद्यार्थी मूल्याङ्कनका साधनहरू रहेको छ । यस लेखमा विशेषगरी आधारभूत तहमा निरन्तर विद्यार्थी मूल्याङ्कन गर्दा अपनाइने साधनहरूको सान्दर्भिकतालाई समीक्षात्मक रूपमा विश्लेषण गरिएको छ । कक्षा कार्यकलाप वा सहभागिता, विद्यार्थी हाजिरी,सिर्जनात्मक कार्य, व्यवहार परिवर्तन, गृहकार्य, हाजिरी जवाफ, छलफल, अन्तक्र्रिया, अवलोकन,एकाइ र त्रैमासिक परीक्षाहरू आदि निरन्तर विद्यार्थी मूल्याङ्कनका विधि र साधनहरूकोआधारभूत तह (कक्षा छ, सात र आठ) सँग जोडेर यहाँ विश्लेषण गरिएको छ । यस तहकाविद्यार्थीका निरन्तर मूल्याङ्कनको आवश्यकता, समस्या र त्यसको समाधानका उपायहरूकोपनि यथोचित रूपमा समीक्षात्मक विश्लेषण गरिएको छ । त्यसबाट आधारभूत तहमा निरन्तरविद्यार्थीका साधनहरूको सान्दर्भिकताको अवस्था सकारात्मक रहेको निष्कर्ष निकालिएकोछ । आधारभूत तहमा भाषा शिक्षण गर्न र यसका बारेमा जिज्ञासा उत्पन्न भएका सम्पूर्ण सरोकारवालाहरूमा यो लेख उपयोगी सावित हुने विश्वास लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
145
PDF
204

Author Biography

कुश्मिला Kushmila आचार्य Acharya, शिक्षाशास्त्र केन्द्रीय विभाग, नेपाली भाषा शिक्षा विभाग, कीर्तिपुर, त्रि.वि. Central Department of Education, Nepali Education Depart, TU

सहप्राध्यापक Associate Professor

Downloads

Published

2021-12-31

How to Cite

आचार्य Acharya क. K. (2021). आधारभूत तहको भाषाशिक्षणमा निरन्तर विद्यार्थी मूल्याङ्कनको सान्दर्भिकता {Continuing student in basic level language learning Relevance of evaluation}. Tribhuvan University Journal, 36(02), 105–127. https://doi.org/10.3126/tuj.v36i02.46647

Issue

Section

Articles