वैदिक सामाजिक संरचना र लैङ्गिकताको सवाल Vaidik Samajik Samrachana ra Laingikatako Sawal

Authors

  • शुुक्रराज Shukraraj अधिकारी Adhikari सामाजिक कार्य विभाग, कीर्तिपुर, त्रिवि, Department of Social Work, TU

DOI:

https://doi.org/10.3126/tuj.v35i1.35881

Keywords:

आर्य, aarya, पुरुषत्व purushtwa, नारीत्व naritwa, दाम्पत्य dampatya, पितृसत्ता pitrisatta

Abstract

वैदिक सामाजिक संरचनालाई प्राचीन ग्रन्थ वेदले प्रतिनिधित्व गर्ने कालखण्डकोपरावर्तित स्वरूपको रूपमा बुझिन्छ । यस आलेखको उद्देश्य त्यही प्राचीन ग्रन्थ वेदले प्रतिनिधित्वगर्ने कालखण्डको सामाजिक संरचनाभित्र  पुरुषत्व तथा नारीत्व र दाम्पत्य सम्बन्धकोे विश्लेषणगर्दै लैङ्गिकता निर्माणका तथ्यहरूसँग सैदान्तिक बहसमा केन्द्रित सैद्धान्तिक मान्यताहरूकोसादृश्यता खोज्ने रहेको छ । उल्लिखित उद्देश्य प्राप्तिको लागि वेद, वेदको ऐतिहासिकता,ऐतिहासिक सन्दर्भहरू, विभिन्न  लैङ्गिक अध्ययनहरूलाई सूचनाको स्रोतको रूपमा लिइएको छ ।यस अध्ययनमा मुख्य गरी द्वितीय स्रोतमा आधारित तथ्यहरूको बढी प्रयोग गरिएको छ ।संकलित तथ्यहरूलाई विश्लेषणका लागि ऐतिहासिक अन्तर्वस्तु विश्लेषण विधिलाई प्रयोगमाल्याइएको छ । वेदकालीन सामाजिक संरचना पशुपालन र पितृसत्तात्मक स्वरूपको भएकालेवेदकालीन परिवार एवम् राज्यमा पुरुष वंश र नेतृत्व स्थापित भएको पाइयो । उत्पादन तथाश्रममूलक कार्य अन्तर्गत घरायसी कार्यमा महिलाको र बाह्य काममा पुरुषको संलग्नता बढी रहने गरेको देखिए पनि यज्ञ, संस्कार, युद्ध एवम् राजनीतिक कार्यमा महिला पुरुष दुवैको सहभागिता रहेको देखिएको छ । साधन स्रोतको विस्तार र राज्य व्यवस्थाको निर्माणसँगैनेतृत्वमा स्थापित भएको राजन्य एवं पुरोहितवर्गले वैदिक आर्यहरूको प्रजातीय शुद्धता कायमराख्ने हेतुले निर्माण गरेका विभिन्न संस्कारजन्य विधि विधानहरूप्रतिको विश्वास र अभ्यासबाटवेदकालीन  समाजमा एकीकृत भूमिका, निष्ठा र मर्यादा सहितको दाम्पत्य सम्बन्धको विकासगराएको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
223
pdf
275

Author Biography

शुुक्रराज Shukraraj अधिकारी Adhikari, सामाजिक कार्य विभाग, कीर्तिपुर, त्रिवि, Department of Social Work, TU

सहप्राध्यापक Associate Professor

Downloads

Published

2020-06-30

How to Cite

अधिकारी Adhikari श. S. (2020). वैदिक सामाजिक संरचना र लैङ्गिकताको सवाल Vaidik Samajik Samrachana ra Laingikatako Sawal. Tribhuvan University Journal, 35(1), 193–208. https://doi.org/10.3126/tuj.v35i1.35881

Issue

Section

Articles