‘त्यो एउटा कुरा’ नाट्यकृतिमा विसंगतिवादी नाट्यशिल्पको प्रयोग
DOI:
https://doi.org/10.3126/sjds.v8i1.61126Keywords:
विङ्गगतिवादी, अभिनेयता, नाट्यशिल्प, प्रयोगधर्मिता, रङ्गमञ्चशिल्पAbstract
प्रस्तुत लेख नाटककार धु्रवचन्द्र गौतमको ‘त्यो एउटा कुरा’ नाट्यकृतिमा प्रयुक्त नाट्यशिल्पको वैशिष्ट्य निरूपणमा केन्द्रित छ । कुनै पनि नाट्यकृतिमा प्रयुक्त शिल्पको अध्ययन विभित्र दृष्टिकोणले गर्न सकिन्छ तापनि प्रस्तुत नाट्यकृतिमा जीवनजगत् सुन्दर, सुखद, सङ्गतिमूलक र काम्य छ भत्रे आशावादी एवं आदर्शवादी नाट्यमान्यता र शिल्पपद्धतिका विपरीत जीवनजगत् विद्रूप, त्रासद, निःसार अस्तित्वहीन छ भत्रे विसङ्गतिवादी जीवनदृष्टिलाई अभिव्यक्ति दिन कथ्य, कथानक, पात्र, परिवेश, संवाद आदि नाट्यतत्त्वको चयनमा पनि विसङ्गतिवादी शिल्पपद्धति अवलम्बन गरिएको छ । तसर्थ यस अध्ययनमा विसङ्गतिवादी नाट्यमान्यता र शिल्पपद्धतिका आधारमा प्रस्तुत नाट्यकृतिको शिल्प वैशिष्ट्यको अध्ययन गरिएको छ । प्रस्तुत नाट्यकृतिलाई शुद्ध पाठ्यविधा मानेर साहित्यका सामान्य तत्त्वका आधारमा अध्ययनविश्लेषण भएको भए तापनि श्रव्यदृश्यकाव्यका रूपमा विङ्गतिवादी नाट्यमान्यता र शिल्पपद्धतिका आधारमा विशिष्टकृत अध्ययन भएको पाइँदैन । त्यसैले यो अध्ययन महत्त्वपूर्ण रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक पद्धतिमा आधारित छ । सामग्रीको विश्लेषण व्याख्यात्मक तथा विवेचनात्मक विधिमा गरिएको छ । जीवन सुखद, सङ्गतिपूर्ण, सारपूर्ण, सुन्दर र कमनीय छ भत्रे देखाउन नाट्यत्त्वको चयन गरी नाटक रचना गर्ने परम्परागत नाट्यमान्यता र नाट्यशिल्पका असहमतिमा जीवनको विद्रूपता, अर्थहीनता र निःसारता चित्रित हुने गरी नाट्यतत्त्वको सुविचारित छनोट र चयनपद्धति नै प्रस्तुत नाट्यकृतिको रचनाप्रक्रियाको व्याकरणसूत्र बनेको छ भत्रे यस अध्ययनको निष्कर्ष रहेको छ । विषयपरिचयआधा दर्जनबढी नाट्यकृतिका स्रष्टा धु्रवचन्द्र गौतम विसङ्गतिवादी नाट्यमान्यता र शिल्पपद्धतिका सफल प्रयोक्ता हुन् । प्रस्तुत लेख उनकै ‘त्यो एउटा कुरा’ नाट्यकृतिमा प्रयुक्त विसङ्गतिवादी शिल्पवैशिष्ट्यको निरूपणमा केन्द्रित छ । समकालीन युगसन्दर्भमा परम्परागत नाट्यमान्यता र शिल्पपद्धतिहरूको औचित्यमाथि प्रश्न उठाउँदै अभिनव मान्यता र शिल्पसौन्दर्यका उत्तमोत्तम सम्भावनाहरूको सन्धान ‘प्रयोग’ हो भने प्रयोगको नैरन्तर्य प्रयोगशीलता हो र प्रयोग हुनुको भाव र धर्म प्रयोगधर्मिता हो । पाश्चात्य साहित्य जगत्मा यथार्थवादोत्तर युगमा भएका आन्दोलनहरूमध्येको विसङ्गतिवादी मान्यता पनि एउटा प्रयोगधर्मी मान्यता हो । यसले जीवनजगत् सुसङ्गत, सुन्दर र सारपूर्ण छ भत्रे आशावादी–आदर्शवादी मान्यताका विपरीत जीवनजगत् विसङ्गत, त्रासद, दुर्बोध्य र अस्तित्वहीन छ भने कलासाहित्य त्यही विसङ्गत जीवनको अभिव्यक्ति हो भत्रे मान्यतालाई मुखरित गर्छ । त्यही मान्यताका आधारमा विसङ्गतिवादी नाट्यरचनाप्रक्रियामा पनि विसङ्गत शिल्प अँगालिन्छ । धु्रवचन्द्र गौतम पनि प्रयोगधर्मी नाटककार हुन् । प्रस्तुत लेख गौतमले ‘त्यो एउटा कुरा’ नाट्यकृतिमा पनि प्रयोगधर्मी विसङ्गतिवादी नाट्यशिल्पपद्धतिको प्रयोग गरेका छन् ; त्यो प्रयोगका मौलिक विशेषता के हुन् र प्रस्तुत नाट्यकृतिमा केकस्तो प्रयोगधर्मी शिल्प प्रतिफलित भएको छ भत्रे प्राज्ञिक जिज्ञासाको निरूपणसँग सम्बन्धित छ । अध्ययन परम्परामा केही विद्वान्हरूले उक्त नाट्यकृतिलाई साहित्यिक विधासरह सामान्य अध्ययन गरेको पाइन्छ तर विसङ्गतिवादी मान्यता र शिल्पपद्धतिलाई नै मुख्य आधार बनाई नाटक मूलतः श्रव्यदृश्य काव्य हो र यसको अध्ययन रङ्गमञ्चीय प्रस्तुतिप्रदर्शनको पक्षसँग जोडेर प्रस्तुत नाट्यकृतिको शिल्पपद्धतिको वैशिष्ट्यको विशिष्ट अध्ययन गरेको पाइँदैन । यस सन्दर्भमा यो अध्ययन औचित्यपूर्ण ठहर्छ ।