यमदूतका आत्मसमर्पण कथासङग्रहमा नारीसमस्या
DOI:
https://doi.org/10.3126/pb.v7i13.77741Keywords:
परम्परागत मूल्यमान्यता, विश्वास, निरन्तरता, यौनिक संवेग, मनोदशाAbstract
यमदूतको आत्मसमर्पण कथासङ्ग्रहमा पन्तले आफू बाँचेको समयको बिम्ब चित्रण गरेको देखिन्छ । स्रष्टा आफू नारी भएका कारणले समस्यालाई गहिरोसँग अवलोकन गर्न तथा त्यसरी गरिएको अवलोकनबाट नारीले प्राप्त गरेका संस्कृति स्थान र भूमिका, जैविक भूमिका तथा यौनिक पहिचानसँग सम्बद्ध भूमिकामा अधिक सूक्ष्म बनेको देखिन्छ । नेपाली समाजमा परम्परागत मूल्यमान्यता, विश्वास र निरन्तरताको संस्थागत अभ्यासमा आधारित भएर नारी र पुरुषलाई फरक र तथा विशिष्ट भूमिका तय गरिएको छ । नारीमा प्राकृतिक गुण तथा जिम्मेवारीको विशिष्टता एकातिर छ भने मानव निर्मित सांस्कृति मान्यताका आधारमा निदिृष्ट भूमिका अर्कातिर छ । सांस्कृतिक समस्या, यौनिक पहिचान र जैविक समस्या प्रायः कथामा देखिएको छ । यीमध्येमा पनि यौनिक पहिचान तथा त्यसले लिएका विविध मोड बढी सघन र प्रबल बनेको देखिन्छ । सांस्कृतिक समस्याका दृष्टिले ‘यमदूतको आत्मसमर्पण’ सघन छ । त्यसैगरी यौनिक पहिचानका कोणबाट ‘लेखकको मृत्यु’, ‘पहिलो प्रेम’, ‘दोषी को ?’ र ‘एक पतिताको साबिति बयान’ प्रतिनिधि छन् । यिनमा नारीका यौनिक संवेग तथा त्यसको तुष्टीका निम्ति चालिएको कदम पितृसत्तात्मक समाजमा गढेको नैतिक अनैतिकको घेरा बाहिर पार गरेको अवस्था छ भन्ने निष्कर्ष निकालिएको छ ।