वाक्यको विवक्षा
DOI:
https://doi.org/10.3126/pb.v7i13.77739Keywords:
आकाङ्क्षा, योग्यता, सन्निधि, अन्वय, पदक्रमAbstract
पदावली भन्दा ठूलो र सङ्कथनभन्दा सानो भाषिक एकाइ वाक्य हो । वाक्य संरचनामा एकाधिक
उपवाक्यहरू आएका हुन्छन् । वाक्यले एउटा पूरा कुरा बुझाएर श्रोेतालाई सन्तुष्टि गराउँछ । भाषाविज्ञानमा वाक्यको
गठन प्रक्रियामा वर्णात्मक, तुलनात्मक तथा ऐतिहासिक दृष्टिबाट हेरिन्छ । वाक्यविज्ञानका सम्बन्धमा भाषामा प्रयुक्त
विभिन्न पदको परस्पर सम्बन्ध विचार गरिन्छ । वाक्यको स्वरूप, परिभाषा, वाक्यको रचना, वाक्यको तŒव, वाक्यमा
पद–विन्यास, वाक्यका प्रकार आदि वाक्यविज्ञानमा सम्बद्ध सबै तŒवको विवेचन गरिन्छ । वाक्यलाई सार्थक
शब्दहरूको समूह मानिन्छ र यो आफैंमा पूर्ण हुन्छ । यसलाई कोश तथा व्याकरणमा पनि यसै अर्थमा पभिाषित
गरिएको छ । भारतमा इ.पू. १५० मा पतञ्जलिले यसको प्रयोग गरेको देखिन्छ भने युरोपमा इ.पू. पहिलो शताब्दीमा
डायोनियस थ्य्राक्सले अर्थको प्रतीति गराउने शब्द समूहलाई वाक्य मानेका छन् । वाक्य भाषाको एकाइ हो । हामी
सोच्न, सम्मान बोल्नु वा कुनै पनि भाव सम्प्रेषण वाक्यबाट नै गर्दछौ यस स्थितिमा वाक्य पद वा शब्द समुह हो ।
पद वा शब्द वाक्यको कृत्रिम खण्ड हो भन्नु समीचीन ठहरिन्छ । भाषाको लघुतम पूर्ण सार्थक एकाइलाई वाक्य
भनिन्छ । वाक्यमा प्रयुक्त शब्दले एक अर्कामा अपेक्षा गर्दछन् । कर्तामा कर्म र क्रियाको अपेक्षा रहन्छ । वाक्यमा
प्रयुक्त पद क्रमबद्ध रूपमा उच्चरित हुनु समीपताको अभिप्राय हो । वाक्यका आवश्यक गुणहरूमा चयन क्रम, ध्वनि
परिवर्तन र स्वर परिवर्तनलाई लिइन्छ । त्यस्तै वाक्य र पदक्रम पनि वाक्यका उल्लेखनीय तत्त्व मानिन्छ ।