उत्तर बङ्गाल क्षेत्रको नेपाली लोक–सांस्कृतिक सन्दर्भ
DOI:
https://doi.org/10.3126/pb.v7i13.77738Keywords:
लोकवार्ता, समाज–सांस्कृतिक, सांस्कृतिक पर्यावरण, लोकव्यवहार, लोककौशलAbstract
प्रस्तुत अध्ययन पत्रमा पश्चिम बङ्गाल राज्यको विशेषगरी उत्तरबङ्गाल क्षेत्र अर्थात् दार्जिलिङ र कालेबुङ जिल्लाको तराई–समतल क्षेत्र जलपाईगुडी, कोचविहार, अलिपुरद्वार जिल्लाका विभिन्न अञ्चलमा बसोबासो गर्ने नेपाली जातिको लोक–सांस्कृतिक सन्दर्भलाई विविध दृष्टान्तका आधारमा अध्ययन–अनुशीलन गर्ने प्रयास गरिएको छ । भारतीय नेपाली समाज र साहित्यमा विशेषगरी पश्चिम बङ्गाल राज्यको उत्तर बङ्गाल तथा सिक्किम क्षेत्रको नेपाली लोक–सांस्कृतिक सन्दर्भ, इतिहास चेतना, जातीय चेतना तथा लोक–सांस्कृतिक परिदृश्यलाई सन्दर्भमा राखिएको छ । नेपाली भाषी, नेपाली जाति निकै बाक्लो रूपमा बसोबासो गर्ने भारतको पश्चिम बङ्गाल राज्यको उत्तरी क्षेत्र दार्जिलिङ र कालेबुङ जिल्लालगायत जलपाइगढी, कोचबिहार तथा अलिपुरद्वार जिल्लाका विस्तृत र फराकिलो क्षेत्र डुवर्स भूमिलाई विशेष केन्द्रबिन्दुमा राखेर नेपाली लोकवार्ता, नेपाली लोकसंस्कृति र नेपाली लोकजीवनबारे सङ्क्षेपमै भए पनि सकेसम्म प्रकाश पार्ने प्रयत्न गरिएको छ । अतः यस क्षेत्रका जनमानसमा आआफ्नै किसिमको सामाजिक– सांस्कृतिक, धार्मिक परिवेश निर्माण भएको छ भने सिक्किम राज्य नेपाली–भोटे लाप्चे तीनवटा मूलबासीहरूको आफ्नै–आफ्नै प्रकृतिको भाषिक–सांस्कृतिक तथा लोक–सांस्कृतिक परम्पराले समृद्ध बनेको छ ।