पहाडी जीवन निबन्धमा जीवनदृष्टि
DOI:
https://doi.org/10.3126/pb.v7i13.77737Keywords:
सहनशीलता, देखावटी, जीवनदृष्टि, निकाय, लवाइखवाइ, राष्ट्रियताAbstract
प्रस्तुत आलेख लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित पहाडी जीवन निबन्धको विश्लेषणमा केन्द्रित रहेको छ । लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका वरिष्ठ प्रथम स्वच्छन्दवादी, आत्मपरक शैलीका आधुनिक निबन्धकार हुन् । उनको ‘पहाडी जीवन’ निबन्ध एउटा महत्त्वपूर्ण निबन्ध हो । यस ‘पहाडी जीवन’ निबन्धमा देवकोटाले देशप्रेम, राष्ट्रियता ,जातीय स्वाभिमान, भाषा, राष्ट्रिय कला, संस्कृति, सभ्यता, प्रकृतिजस्ता कुराहरूलाई अँगालेका छन् । पहाडी जीवन निबन्धमा अभिव्यञ्जित जीवनदृष्टि के–कस्तो छ भन्ने मूल प्रश्नमा आधारित रहेर निबन्धले
निर्दिष्ट गरेको जीवनदृष्टिको अध्ययन गर्ने उद्देश्य यसमा राखिएको छ । पुस्तकालय अध्ययनबाट सामग्रीहरू सङ्कलन गरी निबन्धमा प्रस्तुत भएका मुख्य कुराहरूको विश्लेषण विधिको प्रयोग गरी निष्कर्ष निकालिएको छ