न्यायको लडाइँमा नेपाल पत्रकार महासंघ

Authors

  • Kalendra Sejuwal

DOI:

https://doi.org/10.3126/pb.v7i13.77735

Keywords:

सशस्त्र द्वन्द्व, पत्रकार, नेपाल पत्रकार महासंघ, माओवादी, विद्रोही

Abstract

नेपालमा २०५२ फागुन १ गतेदेखि करिब एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वमा १३,२४६ व्यक्तिको हत्या भयो । जसमध्ये दैलेखका पत्रकार डेकेन्द्रराज थापा विद्रोही पक्षबाट मारिएका एक प्रतिनिधिमूलक पात्र हुन् । उनीजस्तै कैयौं मानिसको मृत्युका प्रसङ्गमा यस अध्ययनमा नेपाल पत्रकार महासंघले पत्रकार थापाको न्यायको लडाइँ प्रक्रियामा खेलेको उत्कृष्ट भूमिकाको विवेचना गरिएको छ । वि.सं. २०१२ सालमा स्थापित नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ यस पकरणबाट आफ्ना सदस्यहरूको संरक्षणप्रति गम्भीर रहेको स्पष्ट हुन्छ । अपहरण र हत्या गरी शव बेपत्ता पारिएका पत्रकारको खोजी गरी शव उत्खनन गरिएको घटना दक्षिण एसियामै पहिलो हो । यस हिसाबले थापाको हत्यापछि महासंघको नेतृत्वमा भएको न्यायको लडाइँले उल्लेखनीय मानक स्थापित गरेको अध्ययनबाट देखिन्छ । महासंघले करिब आठ वर्ष लामो न्यायको लडाइँलाई निष्कर्षमा मात्र पुर्याएन, पत्रकार थापाको परिवारलाई पनि अभिभावकत्व प्रदान गर्यो । राज्य र तत्कालीन माओवादी विद्रोहीको अवरोधका बाबजुद दोषीलाई कानुनी कठघरामा पुर्यायो । मूलतः नेपाल पत्रकार महासंघले डेकेन्द्र थापा प्रकरणबाट आफूलाई अब्बल पेशागत संगठनको रूपमा स्थापित गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
pdf
0

Downloads

Published

2025-04-18

How to Cite

Sejuwal, K. (2025). न्यायको लडाइँमा नेपाल पत्रकार महासंघ . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(13), 38–45. https://doi.org/10.3126/pb.v7i13.77735

Issue

Section

Articles