‘मृत्युपछिको अभिव्यञ्जन’ कवितामा बन्धन र मोक्षचिन्तन

Authors

  • Sudha Sharma

DOI:

https://doi.org/10.3126/pb.v7i13.77734

Keywords:

अष्टाङ्गयोग, आध्यात्मिक, पाञ्चभौतिक, पौरस्त्य, सांसारिकता

Abstract

प्रस्तुत आलेख बालकृष्ण समद्वारा रचित ‘मृत्यपछिको अभिव्यञ्जन’ कवितामा बन्धन र मोक्षचिन्तन विश्लेषणमा केन्द्रित रहेको छ । यो लेखमा विवेच्य कविता प्रयुक्त कथ्य र कविका चिन्तनको विश्लेषण गर्नु सान्दर्भिक रहेको देखिन्छ । यो मूलतः गुणात्मक प्रकृतिको अनुसन्धानमा आधारित रहेको छ । प्रस्तुत लेख मुख्यतया पुस्तकालयीय अध्ययनबाट सामग्री सङ्कलन गरिएको छ । यहाँ पूर्वीय दर्शनले प्रतिपादन गरेका सिद्धान्त अन्तर्गतको दार्शनिक मान्यताका रूपमा बन्धन र मोक्षचिन्तनजस्ता योगदर्शन र वेदान्तदर्शनका मुख्य प्रतिपाद्य विषय
अभिव्यञ्जित रहेका छन् । यहाँ बन्धन र मोक्षचिन्तनका आधारमा रहेर कविताभित्र रहेको बन्धन र मोक्षसम्बन्धी चिन्तनको सूक्ष्म विवेचना गर्न कविले जीवनजगत्सम्बन्धी वैयक्तिक चिन्तनका परिकल्पनामा पूर्वीय वैदिक षड्दर्शनका सैद्धान्तिक मान्यतालाई स्वीकार गरिएको छ । यहाँ बन्धन र मोक्षसम्बन्धी दृष्टिकोण केकस्तो रहेको छ भन्ने उद्घाटन गर्ने काम भएको छ । विषय विश्लेषणका लागि आवश्यकताअनुसार निगमनात्मक र आगमनात्मक विधिको अवलम्बन गरेर पूर्वीय दर्शनका विविध मान्यतामध्ये बन्धन र मोक्षसम्बन्धी मान्यतालाई आधार बनाएर बन्धन र मोक्षसम्बन्धी चिन्तनको विश्लेषणजस्ता कुरा हेरिएको छ । बन्धन र मोक्षसम्बन्धी चन्तनको अभिव्यक्तिका दृष्टिले यस कवितामा बन्धन कष्टपूर्ण छ भने मोक्ष दुर्लभ छ । यो शरीर, इन्द्रिय, प्राण, मन, बुद्धि, चित्त र अहङ्कारभन्दा परको कुरा हो भन्ने निष्कर्ष यहाँ निकालिएको छ । बन्धन र मोक्षसम्बन्धी चिन्तनको अभिव्यक्तिका दृष्टिले यो कवितामा जगत् भ्रम हो भने सत्य एकमात्र चेतनतत्त्व ब्रह्म हो भन्ने निष्कर्ष यहाँ निकालिएको छ । आत्मा वा ब्रह्म एक मात्र सत्य हो र आनन्दस्वरूप आत्मा वा ब्रह्म आफैंभित्र छ, र ज्ञानद्वारा ब्रह्मसाक्षात्कार गर्न सकिन्छ, भने स्वयम्प्रकाशानन्दस्वरूप आत्मा वा ब्रह्मलाई चिन्नु नै मोक्ष हो भन्ने पूर्वीय दर्शनका परिकल्पनासँग यस कविताको विचारमा समानता देखिएको छ । यहाँ बन्धन र मोक्षसम्बन्धी चिन्तनका दृष्टिले यस कवितामा भौतिकता नै बन्धन हो भने सांसारिक पपञ्चबाट मक्त हन मोक्ष हो र यो भौतिक जगत् क्षणिक र नाशवान् छ भने आत्मा नित्य, अजर र अमर छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
pdf
0

Downloads

Published

2025-04-18

How to Cite

Sharma, S. (2025). ‘मृत्युपछिको अभिव्यञ्जन’ कवितामा बन्धन र मोक्षचिन्तन . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(13), 118–125. https://doi.org/10.3126/pb.v7i13.77734

Issue

Section

Articles