लोकसंस्कृतिमा मिथक

Authors

  • Badri Prasad Dhakal

DOI:

https://doi.org/10.3126/pb.v7i13.77732

Keywords:

मिथक, लोकवार्ता, भौतिक, पहिचान, लोकसंस्कृति

Abstract

लोकपरम्परामा लोकसंस्कृति र मिथक दुवै एकै परम्पराबाट विकसित हुँदै आएका विषय हुन् । वैदिक पौराणिक आधारभूमिमा मिथक र लोकसाहित्य बन्दछन् भने यो लेख्य तथा श्रुति परम्परागत रूपमा चलिरहन्छन् । लोककथा, लोकगाथा, लोककाव्य वा कुनै पनि लोकसाहित्यको मूल नै मिथक हो । मिथकको सत्य लोकसँग सम्बन्धित हुन्छ हो भने लोकवार्ताको एक परम्परा नै लोकसंस्कृति हो । लोकले आफ्नो पुरानो पुस्ताबाट प्राप्त गरेको र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समस्त भौतिक र अभौतिक वस्तुको वर्तमानमा विशेष भूमिका रहन्छ । वर्तमानले आफ्नो पहिचान यिनै माध्यमबाट दिन्छ, यिनै माध्यमबाट ऊ चिनिन्छ र अरूलाई चिनाउँदा यिनै आफ्ना गीत, कथा, कला र शिल्पका सामग्रीलाई अघि सार्छ । जसलाई लोकवार्ता र मिथक दुवैले आ–आफ्नो विषयमा समावेश गरेका छन् । उसको पहिचान जनाउने समस्त भाषिक कला, शिल्पकला र दैनिक व्यवहारका क्रियाकलापहरू महŒवपूर्ण छन् । लोकवार्ताको पहिचान जनाउने समस्त भाषिक कला, शिल्पकला र दैनिक व्यवहारका क्रियाकलापहरू महत्त्वपूर्ण छन् । त्यसैले लोकवार्ता मानव विकासको अलिखित दस्तावेज हो जोसँग आफूलाई त्यस मानवसभ्यता र लोकसंस्कृतिको बाहक बताउँछ । मिथक र लोकसंस्कृति एकअर्कामा सम्बन्धित छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
pdf
0

Downloads

Published

2025-04-18

How to Cite

Dhakal, B. P. (2025). लोकसंस्कृतिमा मिथक . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(13), 77–83. https://doi.org/10.3126/pb.v7i13.77732

Issue

Section

Articles