‘विद्रोह’ कथामा प्रभुत्व र प्रतिरोध

Authors

  • Chaturbhujlal Das Kewarat

DOI:

https://doi.org/10.3126/pb.v7i13.77730

Keywords:

उत्पीडन, दमन, वर्चस्व, अवरोध, शक्तिसम्बन्ध

Abstract

प्रस्तुत अध्ययन ‘विद्रोह’ कथामा प्रभुत्व र प्रतिरोध शीर्षकमा केन्द्रित रहेको छ । साहित्यको सांस्कृतिक अध्ययन अन्तर्गतका प्रभुत्व र प्रतिरोध शक्तिसम्बन्धसँग जोडिएका विषयवस्तु हुन् । शक्ति सामाजिक संरचनामा छरिएको हुन्छ । विद्रोह कथाकार राजेन्द्र विमलद्वारा लिखित सामाजिक यथार्थवादी कथा हो । विद्रोह कथामा तराईको कथित दलित चमार जातिले प्रभुत्वशाली गैरदलितका विरुद्धमा सशक्त विरोध गरेको विषयवस्तु छ । यस कथामा कथित उच्च जातीय गुरुले कथित दलित जातिको आनो शिष्यलाई अमानवीय व्यवहार गरेको विषयवस्तुको प्रस्तुति छ । पूर्वाध्ययनबाट प्रस्तुत विषयको रिक्तता पत्ता लगाई सोही यस शीर्षकमा केन्द्रित भएर अध्ययन गरिएको हो । यस लेखमा प्राथमिक र द्वितीयक दुवैका खालका सामग्रीको प्रयोग गरिएको छ । प्रस्तुत अनुसन्धानमा विद्रोह कथालाई प्राथमिक सामग्रीको रूपमा प्रयोग गरिएको छ भने विद्रोह कथासँग सम्बन्धित प्रकाशित सामग्री एवम् प्रभुत्व र प्रतिरोधका सैद्धान्तिक आधारसँग सम्बन्धित सामग्रीहरू द्वितीयक सामग्रीका रूपमा प्रयोग गरिएको छ । सांस्कृतिक अध्ययन अन्तर्गतका प्रभुत्व र प्रतिरोधको अध्ययन नै यसको सीमा हो । प्रभुत्व शक्तिको पयोगसँग सम्बन्धित रहन्छ भने पतिरोध शक्तिको विरोधमा पतिक्रिया जनाउनसँग सहसम्बन्धित रहन्छ । यसमा व्याख्याको निम्ति पाठविश्लेषण विधिको प्रयोग गरिएको छ । कथावस्तुमा चमार जातिको पात्रले समाजमा अमानवीय र विभेदकारी व्यवहार सहन नसकी तिनका विरुद्धमा कडा विरोध गरेको विषयवस्तुको प्रकटीकरण भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
pdf
0

Downloads

Published

2025-04-18

How to Cite

Kewarat, C. D. (2025). ‘विद्रोह’ कथामा प्रभुत्व र प्रतिरोध. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(13), 46–52. https://doi.org/10.3126/pb.v7i13.77730

Issue

Section

Articles