भाषावैज्ञानिक आधारमा नेपाली भाषाका वर्ण व्यवस्था
DOI:
https://doi.org/10.3126/pb.v7i13.77729Keywords:
खण्डीयवर्ण, खण्डेत्तरवर्ण, स्वरवर्ण, व्यञ्जनवर्ण, द्विस्वरवर्ण, मात्राAbstract
नेपाली भाषा भारोपेली परिवारको शतम् वर्गको भाषा हो । यस भाषाको भाषिक व्यवस्थामा वर्णव्यवस्था छ । नेपाली भाषाको वर्णव्यवस्था कस्तो छ ? कुन वर्णव्यवस्थाले कुन वार्णिक ध्वनि पैदा गर्दछ ? नेपाली भाषामा के कस्ता वर्णहरू छन् ? तिनको के कस्तो स्थान छ ? जस्ता अनुसन्धेय प्रश्नहरूको समाधानका लागि भाषावैज्ञानिक आधारले अध्ययन गरी नेपाली भाषामा रहेका वर्णहरूको पहिचान गर्नु नेपाली भाषाका वर्णहरूको भाषावैज्ञानिक आधारले वर्गीकरण गर्नु यस अनुसन्धानात्मक लेखको मुख्य उद्देश्य हो । पुस्तकालयीय र प्रयोगपरक क्षेत्रको अध्ययन आधारमा गुणात्मक ढाँचा अवलम्बन गरिएको यस लेखमा प्राप्त तथ्याङ्कहरूको व्याख्या विश्लेषण वर्णनात्मक र विश्लेषणात्मक ढाँचामा गरिएको छ । अध्ययनको प्राप्तिमा नेपाली भाषामा खण्डीय र खण्डेत्तर वर्ण रहेका छन् । खण्डीय वर्णअन्तर्गत स्वरवर्ण, व्यञ्जनवर्ण र द्विस्वरवर्णहरू छन् भने खण्डेतर वर्णअन्तर्गत मात्रा, वलाघात, अनुनासिकता, लय, श्वसन, विराम संहिता रहेका छन् । स्वरवर्ण र व्यञ्जनवर्णलाई वैज्ञानिक आधारमा विश्लेषण गर्दा स्वरवर्ण आक्षरिक र व्यञ्जनवर्ण अनाक्षरिक देखापर्दछ । खण्डेत्तरवर्णहरू खण्डीयवर्णका सहायतामा नेपाली भाषाको अभिव्यक्तिमा देखापर्दछन् । अध्ययन आधारमा नेपाली भाषाका स्वरवर्ण ६ वटा व्यञ्जनवर्ण २९ वटा र द्विस्वरवर्ण १० वटा छन् भने प्रयोगगत आधारमा स्वरवर्ण १३ वटा , व्यञ्जनवर्ण ३६ वटा छन् । खण्डेतरवर्ण अध्ययनका आधारमा ६ वटा छन् भने प्रयोगका आधारमा ७ वटा छन् । यस लेखले नेपाली भाषाको वर्णव्यवस्थाको थप अध्ययन गर्ने अध्ययनकर्मी र अनुसन्धातालाई मद्दत गर्नेछ भन्ने निष्कर्ष रहेको छ ।