वैदिक सनातन परम्परामा प्रचलित विवाहको शास्त्रीय विवेचन
DOI:
https://doi.org/10.3126/pb.v7i13.77726Keywords:
ब्रह्म, आर्ष, पैशाच, कन्यादान, पाणिग्रहणAbstract
महिला र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक वा सामाजिक कर्मलाई विवाह वा बिहे भनिन्छ । आजभोलि आधुनिकता या विकृतिका नाममा समलिङ्गी, उभयलिङ्गी आदि अनेक थरी विवाहले पनि विवाहको मान्यता पाउन थालेका छन् तर यी शास्त्रीय मर्यादाभन्दा भिन्न प्रकारका विवाह हुन् । पुराणहरूमा विवाहका प्रकार र प्रचलनको विषयमा धेरै लेखिएको भएता पनि विवाहको प्रचलन कहिलेदेखि सुरु भयो ? भन्ने कुरा चाहिँ निक्र्योल गर्न गाह्रो कुरा हो । श्रीमद्भागवत् महापुराण आदि पुराणहरूका अनुसार मैथुनी सृष्टिको आरम्भ स्वायम्भुव मनुका पालादेखि सुरु भएको हो । यसैले ब्रह्माका पुत्र स्वायम्भुव मनु र ब्रह्माकी पुत्री शतरूपा बीच मैथुनमार्फत सन्तान जन्माउनका लागि गरिएको पहिलो विवाह थियो । पुराणभन्दा अगाडिको ऋग्वेदमा पनि विवाहको प्रसङ्ग आएको पाइन्छ । विवाहसम्बन्धि महर्षि उद्दालकको प्रसङ्ग ऋग्वेदमा भेटिन्छ । विवाहका विषयमा
मत, विचार, मतभेद धेरै भएको यो महत्त्वपूर्ण संस्कारको विषयमा शास्त्रले के भनेको छ ? ऋषिहरूका मत र मतान्तर के छन् ? सबै कुराको विवेचना यो लेखमा यथाशक्ति र यथासम्भव गरिएको छ ।