आज रमिता छ उपन्यासको विधातात्त्विक विश्लेषण
DOI:
https://doi.org/10.3126/pb.v7i13.77725Keywords:
विसङ्गतिवाद, समाख्याता, विधातत्त्व, सावयव, उपकरणAbstract
प्रस्तुत लेखमा इन्द्रबहादुर राईद्वारा लिखित आज रमिता छ उपन्यासको विधातात्त्विक विश्लेषण गरिएको छ । यो आलेख तयार पार्नका लागि सामग्रीसङ्कलन गर्न मूलतः पुस्तकालयीय विधिको प्रयोग गरिएको छ र सङ्कलित सामग्रीलाई उपन्यास विधातत्त्वका आधारमा विश्लेषण गरिएको छ । यसका लागि उपन्यास सम्बन्धी सैद्धान्तिक मान्यतालाई आधार बनाएर कथानक, चरित्र र चरित्रचित्रण, परिवेश, सारवस्तु विचारतत्त्व, दृष्टिविन्दु र भाषाशैली आदिजस्ता औपन्यासिक विधातत्त्वको निक्र्यौल गरिएको छ । यिनै तत्त्वका आधारमा प्रस्तुत उपन्यासमा रहेको सामाजिक यथार्थ र विसङ्गतिवादी चिन्तनको विश्लेषण गरिएको छ । जनकका बाबुको सुनौलो सपना बोकेको जनकको स्कुले जीवनबाट सुरु भएर जनक र नाति रविका जीवनका मूलभूत उपलब्धि प्रस्तुत गरिसकेपछि समाप्त भएको प्रस्तुत उपन्यासको कथानकमा सङ्गतिहीन जीवनलाई सङ्गतिमा बाँध्ने प्रयासमा एउटा जीवनवृत्त तयार गरिएको छ र त्यस जीवनवृत्तलाई सामाजिक यथार्थभित्र समेट्ने प्रयासका साथसाथै अत्यन्त असङ्गत र अविन्यस्त जीवनलाई औपन्यासिक कलात्मक घटकका बुनोटद्वारा जीवन्त रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत अध्ययनबाट आज रमिता छ उपन्यासमा विसङ्गतिवादी चिन्तन रहेको निष्कर्ष निकालिएको छ ।