अनिदो पहाडसँगै उपन्यासमा प्रतिरोधी चेतना

Authors

  • Asman Lama

DOI:

https://doi.org/10.3126/pb.v7i13.77703

Keywords:

प्रतिरोध, प्रभुत्व, वर्चस्व, सत्ता, अधिकार

Abstract

प्रस्तुत आलेखमा ‘अनिदो पहाडसँगै’ उपन्यासमा प्रतिरोधको चेतनाको विश्लेषण गरिएको छ । प्रतिरोधको चेतना सांस्कृतिक चिन्तन हो । यसले सदियौँदेखि शासकहरू तथा प्रभुत्वशाली वर्गले शासित, दमित र उत्पीडित पारिएकाहरूमाथि भएका अन्याय, अत्याचारप्रति अस्वीकृति जनाउँदै आफ्नो अधिकार, स्वतन्त्रता, अस्तित्व र पहिचानको वकालत गर्दछ । यस लेखमा प्रतिरोधसम्बन्धी मान्यताका आधारमा अनिदो पहाडसँगै उपन्यासमार्फत् व्यक्त प्रतिरोधको चेतनाको अध्ययन गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । फुकोले प्रतिरोधलाई शक्तिको अभ्याससँग जोडेको पाइन्छ । प्रतिरोध मानवीय गुण नै हो । यस अध्ययनमा जब मानिसमाथि प्रभुत्व लाद्ने कार्य हुन्छ तब त्यहाँ प्रतिरोध हुन्छ भन्ने देखाइएको छ । यस लेखका लागि सामग्री सङ्कलन गर्न पुस्तकालयको प्रयोग गरिएको छ । सङ्कलित सामग्री विश्लेषणका लगि निगमन विधि र लेख प्रस्तुतीकरणका लागि वर्णनात्मक विधि अवलम्बन गरिएको छ । यस अध्ययनमा वर्षाैँदेखि सामन्ती पितृसत्ताले महिलाहरूमाथि र प्रभुत्वशाली शासकहरूले सत्ताका बलमा जनताहरूमाथि दमन, शोषण र उत्पीडनमा पारेकाले उनीहरूका सँगसँगै प्रतिरोधको चेतना पनि जागृत भएर प्रतिरोध गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
pdf
0

Downloads

Published

2025-04-18

How to Cite

Lama, A. (2025). अनिदो पहाडसँगै उपन्यासमा प्रतिरोधी चेतना . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(13), 1–10. https://doi.org/10.3126/pb.v7i13.77703

Issue

Section

Articles