अध्यात्म र क्रोचेको अभिव्यञ्जनावाद

Authors

  • Yadav Prasad Sharma

DOI:

https://doi.org/10.3126/pb.v7i13.77698

Keywords:

सहजानुभूति, तार्किक ज्ञान, अरूप, संवेदना, अभिव्यञ्जना

Abstract

क्रोचेको अभिव्यञ्जनावादलाई अध्यात्मका कोणबाट विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित यस लेखका लागि
पुस्तकालयीय स्रोतबाट सामग्री सङ्कलन गरिएको छ र यसरी सङ्कलित सामग्रीको विश्लेषण गरेर क्रोचेको
अभिव्यञ्जनावादको पुनः परीक्षण गरिएको छ । यस लेखमा अभिव्यञ्जनावादको विश्लेषणका साथै क्रोचेका
मतको आलोचनाको पनि गवेषण गरिएको छ । अन्त्यमा अभिव्यञ्जनावादका अनुसार ‘इन्द्रिय र वस्तुको स्पर्शबाट
अन्तर्मन अचेतन मनमा अरूप संवेदनाको निर्माण भई संस्कारहरू बन्दछन् । कल्पनाशक्तिद्वारा ती अरूप
संवेदनाहरूको आन्तरिक अन्विति या अभिव्यञ्जनाको निर्माण हुन्छ । सौन्दर्यको भावना वा सफल अभिव्यञ्जनाबाट
आनन्दानुभूतिको प्राप्ति हुन्छ र अन्त्यमा आन्तरिक अभिव्यञ्जनालाई शब्द, रङ, रेखा आदिका माध्यमबाट
मूर्तीकरण गरिन्छ । यस क्रममा कलाकार ग्रहण र त्याग, स्वीकृति र अस्वीकृतिको प्रक्रियाबाट पार हुन्छ । यस
प्रक्रियाको परिणामस्वरूप नै कलाकृतिको जन्म हुन्छ । क्रोचेले कलाको दर्शनलाई आदर्शको चरम सीमासम्म
पुर्याइदिएका छन् । क्रोचेको कला–दर्शनमा भौतिकता, व्यावहारिकता र विशुद्ध बौद्धिकताका लागि कुनै स्थान
छैन । उनका अनुसार संवेदनाहरूले सहजानुभूतिका रूपमा विशिष्ट रूप ग्रहण गर्ने ज्ञानको सैद्धान्तिक प्रक्रिया नै
कला हो । यो सम्पूर्ण प्रक्रिया कलाकारको मनमा नै सम्पन्न हुन्छ । कलाकार नै त्यस प्रक्रियाको एक मात्र भोक्ता,
द्रष्टा र समीक्षक हुनसक्छ । क्रोचेले यसो भने तापनि संवेदनाको व्यवस्थित, मूर्त र बिम्बात्मक साक्षात्कारबाट
कलातर्फको अभिसार थालिन्छ भने संवेदनाको अतिक्रमण वा निरोधबाट लोकोत्तर निर्वाणको यात्रा पूर्ण हुन्छ ।
रहस्यवादी–अध्यात्मवादी दार्शनिक क्रोचेको सहजानुभूति त्यस्तो सविकल्प समाधिको अवस्थाझैँ प्रतीत हुन्छ जहाँ
संवेदनाहरू आफ्नो पूर्णतामा जागृत त हुन्छन् परन्तु तिनको अतिक्रमण हुन सक्दैन भन्ने निचोड दिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-04-18

How to Cite

Sharma, Y. P. (2025). अध्यात्म र क्रोचेको अभिव्यञ्जनावाद . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(13), 92–102. https://doi.org/10.3126/pb.v7i13.77698

Issue

Section

Articles