संस्कृत व्याकरणको सङ्क्षिप्त नालीबेली
DOI:
https://doi.org/10.3126/pb.v5i10.71391Keywords:
विशिष्ट, मन्त्रद्रष्टा, विच्छिन्नता, महर्षिण, माहेश्वरीAbstract
संस्कृत साहित्यमा व्याकरणको लेखनको लामो परम्परा छ । यसै परम्परालाई सङ्क्षिप्त रूपमा खोतल्नु र त्यसको सामान्य परिचय दिनु यस लेखको मूल उद्देश्य रहेको छ । यहाँ विषयवस्तु प्रस्टाउन अलग–अलग शीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन ‘संस्कृत व्याकरणको सङ्क्षिप्त इतिहास’ व्याकरणको विषयवस्तुलाई सामान्य चिनारीका रूपमा प्रस्तुत गरिएको छ । संस्कृत व्याकरणको सामान्य परिचय दिई त्यसका प्रयोगमा देखिएका विभिन्न सम्प्रदायको चर्चा गर्दै कालविभाजन गरी पाणिनि पूर्वको व्याकरणिक देखापरेका व्याकरणहरूलाई सामान्य चर्चा गर्दै त्रिमुनिकालका पाणिनि, कायायन र पतञ्जलिलाई विश्लेषणका खाकामा ल्याई विविध पक्ष पक्षान्तरमा चर्चा गरिएको छ । त्यसपछि पाणिनिका उत्तरवर्ती चरणका व्याकरणहरूलाई सारसङ्क्षेपमा उल्लेख गरी केलाउने काम गरिएको छ ।