तीन घुम्ती उपन्यासको विश्लेषण

Authors

  • Madhab Khatiwada

DOI:

https://doi.org/10.3126/pb.v5i10.71390

Keywords:

मनोविज्ञान, अज्ञानतावश, निर्णय, चञ्चलता, आग्रह

Abstract

‘तीन घुम्ती’ उपन्यास (२०२५) मनोविश्लेषणात्मक अस्तित्ववादी चिन्तन निरूपण गरिएको लेखमा सर्वप्रथम उपन्यासकार र उपन्यासको सामान्य परिचय दिइएको छ । विषयवस्तु प्रस्ट्याउन अलग अलग शीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन ‘तीन घुम्ती’ उपन्यासको कथावस्तुलाई सामान्य चिनारीका रूपमा प्रस्तुत गरिएको छ । मनोविज्ञानको सामान्य परियच दिई त्यसको उपकारणको चर्चा गर्दै विषयवस्तु पात्र वा चरित्रचित्रण भाषाशैली, उद्देश्य परिवेश, शीर्षक आदिको सटीक चर्चा गरिएको छ । प्राज्ञिक समस्याका रूपमा ‘तीन घुम्ती’ उपन्यासमा कस्तो मनोविज्ञानको प्रयोग गरिएको छ भन्ने समस्या राखी ‘तीन घुम्ती’ प्रयुक्त मनोविश्लेषणको निरूपण गर्ने उद्देश्य किटान गरिएको छ । सामग्री सङ्कलन तथा विश्लेषणका क्रममा पुस्तकका लयीय अध्ययनको उपयोग गरी विश्लेषण गरिएको छ । सैद्धान्तिक पर्याधारका रूपमा पाश्चात्य वाङ्मयको मनोविज्ञान एम् अस्तित्ववादी सिद्धान्तको प्रयोग गरिएको छ । यसअघि भए गरिएका पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषणतर्फ अघि बढिएको छ । ‘तीन घुम्ती’ उपन्यासको परिचय, उपन्यासमा प्रयुक्त नारी मनोविश्लेषण अध्ययन गरिएको छ । ‘तीन घुम्ती’ उपन्यास अस्तित्ववादी मनोविश्लेषणात्मक उपन्यास हो भन्ने निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
3
pdf
0

Downloads

Published

2023-10-10

How to Cite

Khatiwada, M. (2023). तीन घुम्ती उपन्यासको विश्लेषण. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(10), 69–78. https://doi.org/10.3126/pb.v5i10.71390

Issue

Section

Articles