सुम्निमा उपन्यासमा परिवेश

Authors

  • Badri Prasad Dhakal

DOI:

https://doi.org/10.3126/pb.v5i10.71389

Keywords:

परिवेश, भौतिकवाद, अध्यात्मवाद, जातीय समन्वय, मातृवात्सल्य

Abstract

आर्य संस्कृति र अनार्य संस्कृतिको समन्वयका रूपमा आएको यस उपन्यासले किरात संस्कृतिलाई भौतिकवाद र ब्राह्मण संस्कृतिलाई अध्यात्मवादको प्रतीकका रूपमा प्रस्तुत गरेको छ । अध्यात्म र भौतिकताको समन्वयबाट मानवजीवन सफल र सार्थक बन्ने विचार उपन्यासमा आएको छ । भौतिकवाद र अध्यात्मवादको  प्रतिनिधित्व  गर्ने पात्र सुम्निमा र सोमदत्त आएका छन् । मानिस शरीर र आत्माको सङ्गम हो । उसले प्रकृति, धर्म र समाजको नियमलाई पालना गर्नुपर्छ भन्ने विचार सुम्निमामा व्यक्त भएको छ । सुम्निमा उपन्यासमा प्रयुक्त विविध स्थानिक, भाषिक, कालिक, पौराणिक, सामाजिक सांस्कृतिक राजनीतिक, वातावणिक (भौतिक र मानसिक) आदि पक्षहरूको व्यापक क्षेत्र परिवेश विधान हो भन्न सकिन्छ । यिनै थुप्रै अवयवहरूको अन्तर्सम्बन्ध र तिनको प्रभावका आधारमा सुम्निमा उपन्यासको वैचारिक दर्शनमा परिवेशको प्रयोग भएको छ । यसर्थ के भन्न सकिन्छ भने उपन्यासको परिवेशविधान अनन्त फैलिएको ब्रह्माण्ड हो जुन भौतिकदेखि अभौतिक स्थलसम्म विचरण गर्दछ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
2
pdf
0

Downloads

Published

2024-11-09

How to Cite

Dhakal, B. P. (2024). सुम्निमा उपन्यासमा परिवेश. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(10), 45–59. https://doi.org/10.3126/pb.v5i10.71389

Issue

Section

Articles