लिलाम उपन्यासमा प्रतिनिधित्व

Authors

  • Nabin K.C

DOI:

https://doi.org/10.3126/pb.v5i10.71387

Keywords:

शक्तिसम्बन्ध, सामाजिक–सांस्कृतिक अवस्था, सीमान्तकृत वर्गसमुदाय, अनैतिकता, प्रतिनिधित्व

Abstract

लिलाम उपन्यासमा प्रतिनिधित्वका दृष्टिले दुई भिन्न वर्गको उपस्थिति रहेको छ । समाजमा आर्थिक उत्पादनका स्रोत र नियन्त्रण सामन्तवर्गमा सीमित छ । आर्थिक आधारमा सीमान्तकृत वर्गसमुदायको असहज सामाजिक एवम् व्यक्तिगत जीवन यापनका पक्षहरूको प्रतिनिधित्व रहेको छ। सामाजिक, धार्मिक, राजनैतिक आधारमा नेपाली जाति, वर्ग र राष्ट्रियताको प्रतिनिधित्व रहेको छ । नेपालको भूगोल र पर्यावरण, जातीय संरचना अनुसारको धार्मिक सांस्कृतिक विविधता, लैङ्गिक आधारमा निर्मित सामाजिक भूमिका, जातीय परम्पराअनुसारको पेसागत प्रतिनिधित्व रहेको छ । नेपाली समाजको ऐतिहासिक सन्दर्भदेखि वर्तमानसम्मका सामाजिक सांस्कृतिक अनैतिकता, सत्तालोलुपता, बलात्कार, हत्या, हिंसा, शोषण आदि विषयवस्तु एकीकृत रूपमा प्रस्तुत छ । यो विशिष्ट सामाजिक संरचना नै घिमिरेको लिलाम उपन्यासमा प्रतिनिधित्वका आधारहरू हुन् भन्ने सार यस अध्ययनको रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
pdf
0

Downloads

Published

2023-10-10

How to Cite

K.C, N. (2023). लिलाम उपन्यासमा प्रतिनिधित्व. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(10), 12–23. https://doi.org/10.3126/pb.v5i10.71387

Issue

Section

Articles