‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
DOI:
https://doi.org/10.3126/pb.v5i10.71384Keywords:
सपना, मानसिक सुख, पात्र, श्रव्यदृश्य, कार्यव्यापारAbstract
नाटक अभिनयद्वारा प्रस्तुत हुने कला हो । विश्वजगत्मा रचना प्रकृतिजन्य र मानवनिर्मित गरी दुई प्रकारको
हुन्छ । मानवद्वारा सिर्जना गरिएका कुरालाई कला भनिन्छ । कला मूलतः आनन्दसँग सम्बन्धित हुन्छ ।
आनन्द दैहिक र मानसिक प्रकारको हुन्छ । व्यावहारिक कलाले कायिक र ललित कलाले मानसिक सुख
प्रदान गर्दछन् । सङ्गीत, चित्रकला, मूर्तिकला, साहित्य आदि ललितकला हुन् । नाटक साहित्यको एउटा
विधा हो । यो जीवनजगत्को अनुकरण गरिने कला हो । त्यसमा पात्रको महŒवपूर्ण भूमिका हुन्छ । पात्रका
माध्यमद्वारा नै नाटकमा घटनाको विकास, सामाजिक परिस्थिति एवं विचारको प्रस्तुति सम्भव हुन्छ । त्यसका
लागि नाटकमा पात्रको चयन र तिनको भूमिकामा विशेष ध्यान दिइएको हुन्छ । पात्रको चयन विभिन्न
आधारमा गरिएको हुन्छ । पात्रलाई तिनका क्रियाकलाप, संवाद, अवस्थाका माध्यमद्वारा प्रस्तुत गरिएको
हुन्छ । तिनै विभिन्न आधारमा ‘बहुला काजीको सपना’ नाटकका पात्रविधानको अध्ययन गरिएको छ ।
प्रस्तुत अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालय कार्यद्वारा गरिएको छ र पाठ विश्लेषण विधिद्वारा
सामग्री विश्लेषण गरिएको छ । अध्ययनको सैद्धान्तिक ढाँचा नाटकको विधा सिद्धान्त हो । त्यसबाट पात्र
विश्लेषणको अवधारणा निर्माण गरिएको छ । यस नाटकका पात्रहरू गरिबीको समस्यालाई देखाउनका लागि
चयन गरिएका छन् र समाजबाट गरिबीको उन्मूलन हुनुपर्छ भन्ने कुरा पात्रहरूका माध्यमद्वारा प्रस्तुत
अध्ययनको निष्कर्ष रहेको छ ।