राई समुदायमा साकेला सिलीको सांस्कृतिक महत्त्व

Authors

  • Krishna Kumar Rai

DOI:

https://doi.org/10.3126/pb.v6i12.70513

Keywords:

सिलि, साकेला, पितृ, प्रकृति, सिलिमाङ्पा

Abstract

सिली, किरात राई समुदायको सांस्कृतिक चाड साकेलामा नाचिने नाचको ताल, शैली वा चाल परिवर्तनको अवस्था हो भन्ने बुझिन्छ । सिली बिना साकेला नाच पूरा हुन सक्दैन । साकेला नाच विनाको साकेला पूर्ण हुँदैन । त्यसैले साकेलाको केन्द्र भागको रूपमा सिली रहेको हुन्छ । सिली परिवर्तनसँगै हात र खुट्टाको चालमा पनि परिवर्तन हुन्छ । यस्ता सिलीमार्फत् मानव जीवन पद्धतिका भावभंगीहरूलाई प्रस्तुत गरिएको हुन्छ । सिलीहरू किरात राई जातिको सिकारी जीवन पद्धतिदेखि कृषि र सिपकलासँग सम्बन्धित रहेका हुन्छन् । यस्ता सिलीहरूमा सिकार गर्ने प्रक्रिया, तान बुन्ने, कपडा सिलाउने कलादेखि लिएर अन्नबाली लगाउने, उठाउने साथै सिंगारपटार गर्ने सम्मका पर्दछन् । यही सिलीको आधारमा किरात समुदायले साकेला नाच नाचेर साकेला मनाउने गर्दछन् । यस्ता सिलीहरूले प्रकृति र पितृप्रति आस्था जगाउँदै सामुहिकताको भावना सिर्जना गरेको पाइन्छ । यस आधारमा साकेला सिली किरात राई जातिको एक सांस्कृतिक पद्धतिको रूपमा रहेको छ भन्ने निष्कर्ष यस लेखको रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
61
PDF
49

Downloads

Published

2024-10-04

How to Cite

Rai, K. K. (2024). राई समुदायमा साकेला सिलीको सांस्कृतिक महत्त्व. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(12), 29–35. https://doi.org/10.3126/pb.v6i12.70513

Issue

Section

Articles