नेपालभाषीले नेपाली भाषा प्रयोगमा कालगत वाक्यमा त्रुटिको विश्लेषण

Authors

  • Anjana Maharjan

DOI:

https://doi.org/10.3126/pb.v6i12.70510

Keywords:

मूल स्रोत, व्याकरण, भाषा, संरचना

Abstract

प्रस्तुत लेख नेपालभाषीले नेपाली भाषा प्रयोगमा कालगत वाक्यमा त्रुटिको सम्भावना शीर्षकको सङ्क्षिप्त विश्लेषणमा आधारित छ । नेपाल भाषामा प्रयोग हुने व्याकरण र नेपाली भाषामा प्रयोग गरिने व्याकरणको कालको पक्षगत आधारमा तुलनात्मक अध्ययन गरिएको यस लेखमा कालका पक्षको विभाजन गरी विश्लेषणका रूपरेखा जुन यसप्रकार देखिन्छः भूतकालमा पाँच पक्ष, वर्तमान कालमा तीन र भविष्य कालमा पनि तीन पक्ष छन् भने पनि नेपालभाषामा वर्तमान काल र भविष्य काल दुवैमा एकै रूप प्रयोग भएको पाइन्छ । यसर्थमा नेपालभाषा र नेपाली भाषामा कालगत संरचनामा भिन्नता रहेको यस अध्ययनबाट प्रस्ट भएको छ । नेपाली र नेपालभाषा दुवैमा अर्थका आधारमा नेपाली भाषामा जस्तै नेपालभाषामा पनि काल तीन काल देखिएको छ तर पनि नेपालभाषामा वर्तमान र भविष्यत् कालका क्रियापदहरूमा खासै भिन्न नभएकोले दुवै खालका कालका कृदन्त प्रत्ययले एउटै प्रकारका क्रियापदहरू भएको देखिएकाले खासै ती प्रकारका काल नभएको स्पष्ट देखिन्छ । यसर्थमा यी दुवै भाषामा काल तीन प्रकारमा देखाउन सकिए तापनि नेपालभाषामा वर्तमान र भविष्यमा एउटै क्रियापद प्रयोग भएका देखिनाले नेपालभाषामा दुई प्रकारका मात्र काल भएका स्पष्ट भएको यस अध्ययनबाट निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
58
PDF
32

Downloads

Published

2024-10-04

How to Cite

Maharjan, A. (2024). नेपालभाषीले नेपाली भाषा प्रयोगमा कालगत वाक्यमा त्रुटिको विश्लेषण. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(12), 135–144. https://doi.org/10.3126/pb.v6i12.70510

Issue

Section

Articles