रूपन्देही जिल्लाका थारू समुदायमा प्रचलित सीताविवाह लोकनाटकका पात्रको भूमिकागत विश्लेषण

Authors

  • Mukunda Sharma

DOI:

https://doi.org/10.3126/pb.v6i12.70502

Keywords:

लोकनाटक, संस्कृति, रितिरिवाज, परम्परा, गाथा

Abstract

प्रस्तुत लेख रूपन्देही जिल्लाका थारू समदुायमा प्रचलित सीताविवाह लोकनाटकका पात्रको भूमिकागत विश्लेषणमा केन्द्रित छ । रूपन्देही जिल्ला हालको राज्य संरचनाअनुसार लुम्बिनी प्रदेशअन्तर्गत तराई भूभागमा पर्ने एउटा प्रशासनिक क्षेत्रको नाम हो । यस जिल्लामा विभिन्न समुदायको बसोबास रहेको छ तापनि सांस्कृतिक सम्पन्नता र निरन्तरताका दृष्टिले थारू समुदाय नै मुख्य पर्दछ । यस समुदायको आफ्नै भाषा, संस्कृति, रीतिरिवाज, परम्परा, साहित्य र लोकसाहित्य छ । लोकसाहित्यका विभिन्न विधाहरू यस समुदायमा प्रचलित देखिन्छन् जसमध्ये सीताविवाह लोकनाटक पनि पर्दछ । यसको विषयवस्तु रामकथासँग सम्बन्धित रहेको छ जसको प्रस्तुति थारू संस्कृतिअनुसार स्थानीय थारू भाषामा नै गर्ने गरिन्छ । यस नाटकको प्रस्तुति साजसज्जायुक्त मञ्चमा गाथा गायक र वाद्यवादक टोली एकातर्फ र अभिनयकर्ता पात्रहरू भूमिका अनुकूलकै पहिरनमा सजिई गीत, कविता, मुक्तक तथा गद्य र संवादका माध्यमबाट गरिन्छ । त्यसैले यसमा पात्रहरूको बाहुल्य पाइन्छ । यी पात्रहरूलाई विभिन्न आधारमा विश्लेषण गर्न सकिन्छ तापनि यस आलेखमा भने पात्रको भूमिकाका आधारमा भूमिकागत विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
49
PDF
26

Downloads

Published

2024-10-04

How to Cite

Sharma, M. (2024). रूपन्देही जिल्लाका थारू समुदायमा प्रचलित सीताविवाह लोकनाटकका पात्रको भूमिकागत विश्लेषण. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(12), 83–91. https://doi.org/10.3126/pb.v6i12.70502

Issue

Section

Articles