अन्तर्मनको यात्रा निबन्धमा राष्ट्रप्रेमको चित्रण

Authors

  • Hari Prasad Timilsina

DOI:

https://doi.org/10.3126/pb.v6i12.70500

Keywords:

राष्ट्रप्रेम, रहनसहन, शिक्षादीक्षा, कलासंस्कृति, समृद्धि

Abstract

जगदीश घिमिरेले नेपाली साहित्यमार्फत राष्ट्रभाषा नेपालीको सेवा, विदेशी भूमिभन्दा नेपाललाई स्वर्ग मान्दै नेपालको विभिन्न क्षेत्रको भ्रमण गरेका छन् । सामुदायिक संस्था खोली त्यसमार्फत् आफ्ना बन्धुवान्धवको सेवा गरेका घिमिरेले आफ्नो जीवनको अन्तिमकालमा आफूले भोगेका, गरेका विभिन्न क्रियाकलापलाई कृतिमा समाविष्ट गरेका छन् । नेपालको सामुदायिक विकासमा विशेष योगदान पुर्याएका घिमिरेले यस कृतिमार्फत् आफूभित्रको राष्ट्रप्रेमको भावनालाई स्पष्ट रूपमा अभिव्यक्त गरेका छन् । यो राष्ट्र भूस्वर्ग हो, यहाँको प्रकृति, यहाँको रहनसहन शिक्षादीक्षा, कलासंस्कृतिले विश्वमा आफ्नो छुट्टै पहिचान बनाएको छ भन्दै समृद्धिका लागि विभिन्न योजना समेत प्रस्तुत गरेका छन् । नेपालको समग्र पक्षको चित्रण गर्दै राष्ट्र, भाषा, संस्कृति र प्रकृतिको मोहलाई उजागर गर्दै यस कृतिमा राष्ट्रप्रेमको भावलाई प्रस्तुत गरेको अभिव्यक्तिको प्रकटीकरण भएको छ भन्ने पुष्टि भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
59
PDF
27

Downloads

Published

2024-10-04

How to Cite

Timilsina, H. P. (2024). अन्तर्मनको यात्रा निबन्धमा राष्ट्रप्रेमको चित्रण. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(12), 127–134. https://doi.org/10.3126/pb.v6i12.70500

Issue

Section

Articles