विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला

Authors

  • Durga Bahadur Gharti

DOI:

https://doi.org/10.3126/pb.v6i12.70495

Keywords:

आख्यानको सम्प्रेषण, आख्यानको संयोजन, कथा, कथानक, समाख्याता

Abstract

प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा  सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन घटनावर्णनमा  आधारित हुन्छ । विशेष क्रममा घटनाहरूको शृङ्खला नै आख्यान हो । आख्यानमा घटनाको व्यवस्थापन र  कथासम्प्रेषणको प्रक्रिया पर्दछन् । कथा आख्यानको महत्त्वपूर्ण अङ्ग हो । कथा घटनाहरूको कालक्रमिक शृङ्खला  हो । उपन्यासको कथा कल्पना र सम्भावनाका आधारमा संयोजन गरिएको हुन्छ । नाटकका सन्दर्भमा  आख्यानकलालाई संस्कृत नाट्यशास्त्रमा वस्तु र प्राचीन ग्रिसेली नाट्यशास्त्रमा कथानक भनिएको पाइन्छ ।  त्यसलाई आख्यानशास्त्रमा कथाशृङ्खला भनिएको पाइन्छ । आख्यानशास्त्रको विकास संरचनावादी विद्वान्हरूले  गरेका हुन् । रुसी रूपवादबाट आरम्भ भएको आख्यानको पाठकेन्द्री अध्ययन फ्रान्सेली संरचनावादमा  आख्यानशास्त्रका रूपमा विकसित भएको देखिन्छ । समाख्याशास्त्रमा आख्यान संरचनाका विविध पक्षको सूक्ष्म
विवेचन पाइन्छ । । त्यसै आधारमा यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासको अधययन गरिएको छ ।  यसपूर्व कोइरालाका उपन्यासको अध्ययन विभिन्न आधारमा भए पनि आख्यानकलाका आधारमा नभएकाले यो  अध्ययन गरिएको हो । प्रस्तुत अध्ययन गुणात्मक पद्धतिका आधारित छ । अध्ययनका लागि सामग्री सङ्कलन  पुस्तकालयकार्यद्वारा गरिएको छ र सङ्कलित सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ ।  अध्ययनको सैद्धान्तिक ढाँचा आख्यानशास्त्रमा आधारित छ । आख्यानकलाका दृष्टिले कोइरालाका उपन्यास  प्रभावकारी रहेका छन् भन्ने यस लेखको निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
116
PDF
53

Downloads

Published

2024-10-04

How to Cite

Gharti, D. B. (2024). विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(12), 62–70. https://doi.org/10.3126/pb.v6i12.70495

Issue

Section

Articles