खोटाङ जिल्लामा प्रचलित पर्वगीतहरूको संरचना

Authors

  • Amrit Kumar Shrestha

DOI:

https://doi.org/10.3126/pb.v6i12.70415

Keywords:

पर्वगीत, सामाजिक अनुभूति, सांस्कृतिक प्रतिविम्बन, परम्परा, लोकसंस्कृति

Abstract

खोटाङ जिल्लामा प्रचलित पर्वगीतको संरचना शीर्षकमा रहेको यस लेखमा सो क्षेत्रमा प्रचलनमा रहेका पर्वगीतको संरचना विश्लेषण गरिएको छ । लोकगीतका विभिन्न घटकहरूद्वारा यसको संरचना निर्माण भएको हुन्छ । यसको निर्माण भाव, उद्धेश्य, भाषा आदि जस्ता घटकहरू र विम्ब प्रतीक, लय जस्ता सानासाना घटकसमेतको संयोजनबाट संरचना बनेको हुन्छ । लोकगीतको संरचनात्मक निर्माण गर्ने यस्ता घटकलाई संरचनाका तत्व भनिन्छ । लोकगीतका यिनै संरचक तत्व मुख्यतः भाव, उद्धेश्य, लय र भाका, स्थाई अन्तरा र थेगो, भाष शैली विन्यासलाई मानिएको छ । यिनै संरचनावादी अध्ययन पद्धतिद्वारा पर्वगीतको अध्ययन गरिएको छ । खोटाब जिल्लामा क्षेत्री, ब्राह्मण, नेवार, राई, तामाब, शेर्पा, मगर, कामी, दमाई, सार्की आदि मिश्रित जातजातिको बसोबास रहेको, यस जिल्लामा नेपाली, नेवारी, राई, तामाब आदि मिश्रीत भाषाहरू बोल्ने गरिन्छ । खोटाङ जिल्लामा प्रचलित पर्वगीतअन्तर्गत तीजगीत, मालसिरी, भैलो, देउसी, चण्डी, हुर्रा आदि प्रचलित रहेका छन् । यस लेखमा यिनै गीतहरूको सङ्कलन गरी प्रस्तुत अध्ययन गुणात्मक पद्धतिमा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
72
PDF
48

Downloads

Published

2024-10-04

How to Cite

श्रेष्ठ अ. (2024). खोटाङ जिल्लामा प्रचलित पर्वगीतहरूको संरचना. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(12), 1–9. https://doi.org/10.3126/pb.v6i12.70415

Issue

Section

Articles