आलोचनात्मक शिक्षण विधिको कार्यान्वयन : शिक्षकको अनुभव र धारणा
DOI:
https://doi.org/10.3126/jotmc.v8i8.75988Keywords:
असमानता, आलोचनात्मक शिक्षण, विवेकीकरण, शिक्षक केन्द्रित शिक्षण, सामाजिक रूपान्तरण, सिकारु केन्द्रित शिक्षणAbstract
शिक्षककेन्द्रित शिक्षण विधिले विद्यार्थीहरूलाई पाठ्यक्रमको विषयवस्तु जस्ताको त्यस्तै ग्रहण गरी पुनरुत्पादन गर्नुपर्ने कुरामा जोड दिन्छ र यसले विषयवस्तु र शिक्षक केन्द्रमा राख्दछ । जब कि विद्यार्थीकेन्द्रित शिक्षण विधिले विषयवस्तुभन्दा पनि सिकाइ कसरी प्रभावकारी हुन्छ भन्ने कुरामा जोड दिन्छ र विद्यार्थीलाई केन्द्रबिन्दु मान्दछ । तर आलोचनात्मक शिक्षणले समाजको रूपान्तरणलाई केन्द्रबिन्दु मान्छ । यसले सिकारुकेन्द्रित शिक्षण विधिलाई नै आधार मानेको हुन्छ तर यसको मुख्य उद्देश्य समाजमा सामाजिक न्याय स्थापना गरी समाज रूपान्तरण गर्नु हो । तसर्थ समाजमा रहेको असमानतालाई हटाउन सामाजलाई रूपान्तरण गर्नु आलोचनात्मक शिक्षणको प्रमुख उद्देश्य हो । यस अध्ययनको केन्द्रीय उद्देश्य बालबालिकाहरूलाई आलोचनात्मक शिक्षणबाट शिक्षण गरी उनीहरूको विश्वलाई रूपान्तरण गर्नु हो । यस अध्ययनमा कैलाली जिल्लामा सञ्चालित गैरसरकारी परियोजनामा म कार्यरत रहँदा बालबालिकाहरूलाई आलोचनात्मक शिक्षण विधि प्रयोग गरी शिक्षण गर्दा सामना गर्नुपरेको चुनौतीहरू र जिज्ञासालाई कथाका रूपमा प्रस्तुत गरेको छु । तसर्थ मैले यस अध्ययनमा कथा विधि (Narrative Inquiry) को प्रयोग गरेको छु । यसका साथै मैले उक्त कथाका बारेमा आफ्ना दुई जना सहकर्मीहरूसँग संवाद (Dialogue) गरी त्यसका बारेमा आलोचनात्मक विश्लेषण पनि गरेको छु । यस अध्ययनको निष्कर्षले के देखाएको छ भने नेपाल जस्तो गरिब मुलुकमा थुप्रै आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिकविभेद र असन्तुलनहरू भएकाले नेपालका विद्यालय तहका विभिन्न विषयहरूको विभिन्न विषयवस्तुहरू शिक्षणका लागि आलोचनात्मक शिक्षण प्रभावकारी विधि बन्न सक्छ र यस विधिबाट नेपाली समाजलाई रूपान्तरण गर्न सकिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.