एक चिहान उपन्यासमा चरित्रचित्रण
DOI:
https://doi.org/10.3126/jotmc.v8i8.75986Keywords:
अन्तरजातीय विवाह, प्रगतिशील विचार, समावेशी, श्रमजीवीAbstract
प्रस्तुत लेखमा हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित एक चिहान उपन्यासमा सन्निहित पात्रहरूको चरित्रचित्रणका आधारमा विश्लेषण गरिएको छ । लेखको प्राज्ञिक समस्या एक चिहान उपन्यासमा चरित्रका आधारमा पात्रहरूको उपस्थिति के कस्तो रहेको छ भन्ने विषय अध्ययन गर्नु हो । लेखको उद्देश्य एक चिहान उपन्यासमा सहभागी पात्रहरूको चरित्रचित्रणका आधारमा अध्ययन गर्नु हो । यस लेखमा एक चिहान उपन्यासलाई प्राथमिक स्रोतसामग्रीका रूपमा लिइएको छ । लेखका लागि आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । लेखमा उपन्यासमा आएका पात्रहरूको अध्ययन गरी उनीहरूका क्रियाकलापको निरूपण गरिएको छ । यो उपन्यास गरिब किसान तथा श्रमजीवीको जीवनमा आधारित भएकाले यसको मूल विषयवस्तु पनि गरिबी, शोषण तथा विसङ्गति हो । उपन्यासकारले विभिन्न पात्रहरूका माध्यमबाट श्रमजीवीका विवशता एवम् सङ्घर्षलाई व्यक्त गरेका छन् । उपन्यासकारले परम्परागत सामाजिक कुसंस्कार, धार्मिक अन्धविश्वास, आर्थिक शोषण र जातीय विभेदको विरोध गर्दै प्रगतिवादी विचार प्रस्तुत गरेको कुरा यस लेखमा उल्लेख गरिएको छ । यस लेखमा विभिन्न पात्रहरूका माध्यमबाट श्रमजीवी किसान वर्गलाई जीवन सङ्घर्ष गर्न प्रेरित गरी नेवार, पर्वते र मधेसीको आपसी अन्तरसम्बन्ध तथा समावेशी भावनालाई प्रस्तुत गर्दै प्रेम र विवाहसम्बन्धी प्रगतिशील विचार व्यक्त गरेको विषय प्रस्तुत भएको छ । उपन्यासमा भिन्न जाति एवम् संस्कृति मिसिएर एक हु“दै गएपछि देश सुन्दर हुने र वैवाहिक रीति पनि फेरिने विषय उल्लेख गरिएको विषय यस लेखमा प्रस्तुत गरिएको छ । यस लेखमा उपन्यासमा सहभागी पात्रहरूका माध्यमबाट शोषकवर्गको देखावटी दयामायाबाट शोषित वर्गको कल्याण नहुने कुरा व्यक्त गर्दै आर्थिक अभाव, शोषण र अन्यायबाट मुक्ति पाउन शोषित पीडितहरूले सकेसम्म साहुबाट ऋण नलिएर मितव्ययी बन्दै घरेलु उद्योगधन्दा र आफू अनुकूलको कर्म गरी अन्याय तथा अत्याचारका विरुद्ध लड्नुपर्छ भन्ने सन्देश दिएको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.