नेपालको उच्च शिक्षामा उपयोग गर्न सकिने विशेष शैक्षणिक रणनीति र नमुना
DOI:
https://doi.org/10.3126/jotmc.v8i8.75985Keywords:
उच्च शिक्षा, रणनीति, नमुना, कार्यकलाप, फ्लिप्ड सिकाइAbstract
पाठ्यक्रमले अपेक्षा गरेका उद्देश्यलाई उपलब्धिमूलक बनाउनमा शिक्षण विधि र रणनीतिको महत्वपूर्ण भूमिका रहन्छ । यस सन्दर्भमा नेपालको उच्च शिक्षामा उपयोग गर्न सकिने शिक्षण सिकाइका विशेष रणनीति र नमुनाको खोजी गर्नु प्रस्तुत अनुसन्धानमूलक लेखको मुख्य उद्देश्य हो । अध्ययनका लागि गुणात्मक विधि र व्याख्यावादी दर्शनको उपयोग गरिएको छ । अध्ययनमा व्यवहारवादी, संज्ञानवादी र निर्माणवादी सिकाइ सिद्धान्तलाई आधार बनाइएको छ । अध्ययनको ढाँचा पाठ विश्लेषण रहेको छ । यसका लागि पुस्तकालय कार्यमा आधारित भई अनुसन्धान प्रबन्ध, अनुसन्धान ग्रन्थ, पुस्तक, र अनुसन्धानमूलक लेखबाट आवश्यक तथ्याङ्क सङ्कलन गरी तिनको विषयगत (थिमेटिक) विश्लेषण गरिएको छ । तथ्यको अध्ययनका आधारमा उच्च तहको शैक्षणिक कार्यमा बाह्य अर्थात् प्राज्ञिक पक्षसँग, आन्तरिक अर्थात् प्राज्ञिक पक्षसँग तथा सिकारुमैत्री र सहभागितामूलक सिकाइसँग सम्बन्धित रणनीति अवलम्बन गर्न आवश्यक रहेको देखिन्छ । यसै गरी उक्त कार्यमा विशेष शैक्षणिक नमुना (विधि) र कार्यकलाप उपयोग गर्न आवश्यक छ । त्यस्ता नवीन नमुनाहरूमा एबिसी नमुना, एकीकृत (थ्रिपी), नमुना, सहभागितात्मक कार्यमूलक अनुसन्धान सिकाइ नमुना, टिप्याक सिकाइ नमुना, फ्लिप्ड सिकाइ नमुना, परियोजना कार्य सिकाइ नमुना, खेल र कला केन्द्रित सिकाइ नमुना, टिम्स केन्द्रित सिकाइ नमुना, एक्काइसौँ शताब्दीको सिप केन्द्रित सिकाइ नमुना मुख्य रहेका छन् । यस प्रकारका शिक्षण सिकाइमा आधारित रणनीति, नमुना र विधि तथा कार्यकलापको उपयोग पाठ्यवस्तुको प्रकृति र कक्षाको स्तरका आधारमा गर्न उपयुक्त हुन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.