‘प्रवेश निषिद्ध देश’ कथाको रचनाविधान
DOI:
https://doi.org/10.3126/jotmc.v8i8.75984Keywords:
संवृत्त, संरचना, रूपविन्यास, स्वैरकल्पना, यन्त्रAbstract
प्रस्तुत लेखको उद्देश्य कथाकार विजय मल्ल (१९८२–२०५६) द्वारा रचित कथा ‘प्रवेश निषिद्ध देश’ को रचनाविधान पहिल्याउनुरहेको छ । रचनाविधानलाई सैद्धान्तिक आधार बनाइएको यस लेखमा कृतिबाट तथ्य सङ्कलन गरिएको छ । सोद्देश्यमूलक नमुना छनोट विधिको प्रयोग गरिएको प्रस्तुत लेखमा कथाको संरचना र रूपविन्यासलाई रचनाविधानको मुख्य स्रोतको रूपमा उपयोग गरिको छ । कथाका मुख्य अवयवका रूपमा रहेका कथावस्तु, चरित्र, परिवेश, दृष्टिविन्दु र सारवस्तुको सामूहिक स्वरूपलाई आधार बनाई ‘प्रवेश निषिद्ध देश’ कथाको रचनाविधानको पहिचान गरिएको छ । प्रस्तुत कथामा मान्छेले जतिसुकै भौतिक प्रगति गरे पनि मान्छेको मूल्य मान्छेविना सम्भव छैन भन्ने अस्तित्ववादी चिन्तन मुखरित भएको छ । वैज्ञानिक उन्नति गरी मानवहीन देशको पात्र नवआगन्तुक र अर्को देशको पात्र ‘म’ का बिचको रोचक काल्पनिक संवाद रहेको प्रस्तुत कथा एक वैज्ञानिक विषयवस्तुमा आधारित छ । ‘म’ पात्र रुखको छहारीमुनि आराम गरिरहेको समयमा एउटा गोलाकारमा नवागन्तुक आएको छ । नवागन्तुककले म पात्रलाई प्रवेश निषिद्ध देशमा लगी विज्ञानको चमत्कार र त्यस देशमा प्रवेश गर्न खोज्ने व्यक्तिको यन्त्रद्वारा हत्या भएको देखाएको छ । म पात्र आतङ्कित भएर अर्कै देशमा लगिदिन आग्रह गर्छ । यसमा वर्णनात्मक तथा चित्रात्मक शैलीको प्रयोग गरिएको छ । कथा आदि, मध्य र अन्त्यको रैखिक ढाँचामा अनुबन्धित छ । भाषाशैली केही फरक लागे पनि बुझिने खालको रहेकाले कथा संवृत्त रूपविन्यासमा रचिएको छ । विषयवस्तुमा सामान्य कथामा भन्दा पृथक्ता देखिएकाले प्रस्तुत कथा मध्यम खालका पाठकका लागि पठनयोग्य रहेको ठहर गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.