पेसागत विकासमा नेपाली भाषा शिक्षकहरूका वैयक्तिक प्रयासहरू

Authors

  • भुपेन्द्र बि.सी.

DOI:

https://doi.org/10.3126/jotmc.v8i8.75983

Keywords:

नेपाली भाषा शिक्षण, वैयक्तिक प्रयास, शिक्षक पेसागत विकास

Abstract

शैक्षिक कार्यलाई उद्देश्यमूलक बनाई सफल शिक्षकका रूपमा स्थापित हुनका लागि निरन्तर गरिने कार्य नै शिक्षक पेसागत विकास हो । नेपाली भाषा शिक्षकहरूले आफ्नो पेसागत विकासका लागि गरेका वैयक्तिक प्रयासहरू पहिचान गर्ने उद्देश्यमा आधारित भई प्रस्तुत लेख तयार गरिएको छ । पाँच बर्से अनुभव भएका सुर्खेत जिल्लाका पाँच ओटा विद्यालयका पाँच जना नेपाली विषय शिक्षकहरूलाई प्रश्नावलीका माध्यमबाट र लक्षित समूहमा सहभागी गराई उनीहरूका विचार र धारणाहरू सङ्कलन गरी यो अध्ययन गरिएको छ । यो अध्ययन गुणात्मक अनुसन्धानको न्यारेटिभ खोजमा आधारित छ । शिक्षकहरू स्वप्रतिबिम्बन, सामाजिक सञ्जालको प्रयोग, मेन्टरिङ, अध्ययन, विभिन्न तालिम गोष्ठी तथा सेमिनारमा सहभागिता, सङ्घसंस्थामा आबद्ध, अनुभव आदानप्रदान, सहयोग र सहकार्य, कार्यमूलक अनुसन्धान, विषय समितिहरू निर्माण, सूचना तथा सञ्चारका साधनहरूको प्रयोग आदिका माध्यमबाट पेसागत विकासका लागेको पाइन्छ । साथै अनलाइन र अफलाइन तालिममा सहभागी भएर, अरूका कक्षा अवलोकन गरेर, आफ्नो कक्षा अवलोकन गराएर, लेख रचना प्रकाशन तथा अनुसन्धान कार्यमा सहभागी भएर, विद्यार्थीबाट सुझाव लिएर, आचारसंहिताको पालना गरेर पनि पेसागत विकास हुन्छ । पेसागत उन्नयनमा शिक्षकका व्यक्तिगत प्रयासहरू महत्त्वपूर्ण हुने भएकाले त्यस कार्यमा उनीहरूलाई निरन्तर सहभागी गराउन प्रेरित गर्नुपर्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
221
PDF
40

Downloads

Published

2025-02-28

How to Cite

बि.सी. भ. (2025). पेसागत विकासमा नेपाली भाषा शिक्षकहरूका वैयक्तिक प्रयासहरू. Journal of Tikapur Multiple Campus, 8(8), 203–228. https://doi.org/10.3126/jotmc.v8i8.75983

Issue

Section

Articles