जुम्ली भाषामा वाक्यसङ्गति

Authors

  • ओमप्रकाश आचार्य

DOI:

https://doi.org/10.3126/jotmc.v8i8.75981

Keywords:

लिङ्ग, वचन, भेदक, भेद्य उद्देश्य, विधेय

Abstract

जुम्ली भाषा नेपाली भाषाको उत्पत्तिस्थल हाल कर्णाली प्रदेशको सिँजादराको जुम्ला जिल्लामा बोलिने भाषा हो । यो भारोपेली भाषा परिवारको भारत इरानेली शााखाबाट भारत आर्य उत्तरीक्षेत्रको पहाडी भेद हो । जुम्ली खस भाषामा वाक्य व्यवस्था कस्तो छ ? जुम्ली खस भाषामा वाक्य सङ्गतिगत व्यवस्था कस्तो रहेको छ ? भन्ने कुराको खोजी गर्नु नै यस अध्ययनको मुख्य समस्या हो । जुम्ली खस भाषाको वाक्य सङ्गतिगको अध्ययन गरिनु नै यस लेखको प्रमुख उद्देश्य हो । जुम्ली खस भाषाको वाक्य व्यवस्थाको अध्ययन गर्नु यस लेखको अध्ययनको थप उद्देश्य हो । जुम्ली भाषामा रहेको कर्ता (उद्देश्य) र क्रिया (विधेय) को सङ्गति, विशेष्य विशेषणको सङ्गति, भेदक भेद्यको सङ्गति र नाम र सर्वनामबिचको सङ्गतिको अध्ययन गर्दा यसको संरचना र व्यवस्थामा नेपाली भाषासँग तुलनात्मक अध्ययन गरिएको छ । यो अध्ययन गुणात्मक ढाँचाको हो । क्षेत्रगत भ्रमण विधिको प्रयोग गरिएको यो अध्ययन जुम्ला जिल्लाको भौगोलिक क्षेत्रमा जुम्ली भाषामा केन्द्रित छ । क्षेत्रगत रूपमा भ्रमण गरी भाषिक तथ्यांक संकलन गरी, संकलित भाषिक सामग्रीलाई जुम्ली नेपालीको तालिकीकरण गरी विवरणात्मक, वर्णनात्मक रूपमा विश्लेषण गरिएको छ । यसरी अध्ययन अनुसन्धान गर्दा यी दुई जुम्ली नेपाली भाषाबिच तात्विक भिन्नता छैन । समानता र भिन्नताका आधारमा व्यवस्थित रहेको छ । तर शब्द संरचनामा जुम्ली भाषा आफ्नै मौलिकतामा रहेको छ । नेपाली भाषा भन्दा फरक छ । छोट्या आयो केटो आयो, छोरो ढुल्यो छोरो सुत्यो,  गाई आई गाई आयो, कान्ठो छोरो कान्छो छोरो, रामो छोरो रामको छोरो । यो लिङ्ग, वचन, आदरका आधारमा भिन्न छ ।

Downloads

Download data is not yet available.
Abstract
18
PDF
8

Downloads

Published

2025-02-28

How to Cite

आचार्य ओ. (2025). जुम्ली भाषामा वाक्यसङ्गति. Journal of Tikapur Multiple Campus, 8(8), 183–202. https://doi.org/10.3126/jotmc.v8i8.75981

Issue

Section

Articles