स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत नागरिक सचेतता केन्द्रको प्रभावकारिता

Authors

  • मीनबहादुर शाही त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/jotmc.v1i1.69799

Keywords:

नागरिक सचेतना केन्द्र, सीमान्तकृत समुदाय, सचेतीकरण, ससक्तिकरण, स्थानीय शासन, जवाफदेहिता

Abstract

यो अध्ययन स्थलगत अवलोकन तथा द्वितीय तथ्याङ्कमा आधारित छ । हो । नेपाल सरकारले स्थानीय निकायहरुमार्फत् हाल देशैभरि बृहत् कार्यक्रमका रुपमा रुपान्तरित सामाजिक परिचालन अवधारणालाई स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका नाममा सञ्चालन गरिरहेको छ । यो कार्यक्रम टीकापुर नगरपालिकाका ९ (नौ) वटै वडाहरुमा सञ्चालित छ । यस कार्यक्रमको प्रमुख उद्देश्य स्थानीय निकायबाट प्रदान गरिने सेवा सुविधामा सीमान्तीकृत तथा बहिष्करणमा परेका समुदायहरुको अधिकारको सचेतीकरणबाट पहुँच वृद्धि गर्ने तथा सेवा प्रदायक संस्थाको सेवा सुविधा वितरणमा प्रभावकारिता ल्याउनु हो । सीमान्तकृत समुदायको सशक्तीकरण गर्ने रणनीतिका रुपमा नागरिक सचेतना केन्द्रलाई यस कार्यक्रममा एक महत्त्वपूर्ण पक्षका रुपमा लिएको देखिन्छ । नागरिक सचेतना केन्द्र विपन्न तथा बञ्चितीमा परेका समुदायको सचेतना विकासबाट सशक्तीकरण गर्ने चौतारी वा कक्षा हो । यस अवधारणलाई रिफ्लेक्ट वृत्त पनि भनिन्छ । यो ब्राजिलिएन शिक्षा विद् पाउलो फ्रेरेको साक्षरताको अवधारणा हो । यस अध्ययनले नागरिक सचेतना केन्द्रको लक्षित समुदायमा परेको प्रभावको अध्ययन गर्ने प्रयास गरि एको छ । यसमा लक्षित समूह छलफल, अन्तर्वाता, घटना अध्यय,अवलोकन तथा नगरपालिका र सेवा प्रदायक संस्थाका कार्यक्रका प्रगति प्रतिवेदन अध्ययन गरिएको छ । नागरिक सचेतना केन्द्रले विपन्न तथा बहिष्करणमा परेका नागरिकहरुलाई सङ्गठित गराई सहभागितात्मक रुपमा दैनिक जीवन सँगका समस्याहरुको व्यावहारिक छलफल तथा संवातबाट सचेतीकरण हुने र सामाजिक रुपान्तरणमा सकारात्मक प्रभाव परेको देखिन्छ छ । सचेतना केन्द्रका सहभागीहरु स्थानीय समस्याहरुको सङ्गठित रुपमा समाधान गर्ने बानी तथा सिपको विकास भइरहेको पाइयो । महिलाहरुको सामाजिक गतिविधिमा सहभागिता तुलनात्मक रुपमा पहिलेभन्दा बृद्धि भएको देखिन्छ जसको फलस्वरुप महिलाहरुले आफ्नो सामाजिक हैसियत बृद्धि भएको महसुस गरेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
12

Author Biography

मीनबहादुर शाही, त्रिभुवन विश्वविद्यालय

उपप्राध्यापक

Downloads

Published

2014-05-01

How to Cite

शाही म. (2014). स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत नागरिक सचेतता केन्द्रको प्रभावकारिता. Journal of Tikapur Multiple Campus, 1(1), 105–127. https://doi.org/10.3126/jotmc.v1i1.69799

Issue

Section

Articles