पूर्वीय दर्शनमा राजयोगको महत्त्व

Authors

  • सरस्वती जिटी नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डी,दाङ
  • अजय भट्टराई महेन्द्र माेरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर
  • जीवमणि पौडेल मानवशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/jki.v9i2.56896

Keywords:

एकाग्रता, राजयोग, अचेतन, परिशोधन, प्रसुप्त

Abstract

प्रस्तुत लेख पूर्वीय दर्शनमा राजयोगको महत्त्वसँग सम्बन्धित छ । यस लेखमा गुणात्मक अध्ययनविधि प्रयोग भएको छ । यस लेखमा पूर्वीय दर्शनमा राजयोगको स्थान कस्तो छ र यसको महत्त्व किन छ ? भन्ने प्रश्नको उत्तरका सम्बन्धमा चर्चा भएको छ । विश्लेषणात्मक विधि प्रयोग गरिएको छ । सम्पूर्ण योगको छाताको रूपमा रहेको राजयोगको महत्त्व र आवश्यकताका सम्बन्धमा विवेचना भएको छ । मानवीय जीवनमा राजयोगको गरिमा र महिमा हरेक धर्मशास्त्र, वेद, उपनिषद्हरूमा उल्लेख छ । वर्तमान अवस्थामा राजयोगले मानव जीवनमा पारेको प्रभाव विभिन्न अनुसन्धानबाट प्राप्त भइरहेको छ । महाभारतको युद्धभूमिमा विक्षिप्त, भ्रमित, भयभीत अवस्थामा रहेको अर्जुनको मनस्थितिलाई श्रीकृष्णले दिशानिर्देश गर्दे राजयोगको मार्ग बताउनु भएको थियो । क्रुद्ध, विक्षुब्द, रूग्ण व्यथित् मनोदशामा रहेको वर्तमान मानव मनलाई राजयोगको माध्यमबाट पुनः मानवीय क्षमता, धर्मप्रतिको विकास, स्वसम्मोहन, अचेतन परिशोधन, प्रसुप्त शक्तिको जागरण, एकाग्रता, सङ्कल्पबल र इच्छाशक्तिलाई प्रस्फुटन गर्नको लागि राजयोग सशक्त आधारको रूपमा लिने गरिन्छ । यसर्थ हरेक क्षेत्र, वर्ग, स्तर र उमेरका मानिसले युगानुकूल र समयानुकूल सहज राजयोगको अभ्यास गर्नुपर्ने अपरिहार्यता रहेको विषयमा विमर्श भएको छ ।

 

Downloads

Download data is not yet available.
Abstract
99
pdf
60

Author Biographies

सरस्वती जिटी, नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डी,दाङ

 

 

जीवमणि पौडेल, मानवशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर

 

 

Downloads

Published

2023-12-31

How to Cite

जिटी स., भट्टराई अ., & पौडेल ज. . (2023). पूर्वीय दर्शनमा राजयोगको महत्त्व. The Journal of Knowledge and Innovation, 9(2), 81–85. https://doi.org/10.3126/jki.v9i2.56896

Issue

Section

Nepali Section (peer review)