उलार उपन्यासमा सीमान्तीयता
DOI:
https://doi.org/10.3126/jjis.v11i1.53921Keywords:
आवाज, पहिचान, प्रभुत्व, सङ्घर्ष, सीमान्तीयताAbstract
प्रस्तुत अनुसन्धानमूलक लेख सीमान्तीय अध्ययनमा आधारित छ । नयनराज पाण्डेद्वारा लिखित उलार उपन्यासमा सीमान्तीयताको खोजी गर्नु यस अनुसन्धानको उद्देश्य हो । यो अनुसन्धान गुणात्मक प्रकृतिको भएकाले पुस्तकालयीय अध्ययन कार्यबाट प्राथमिक र द्वितीयक स्रोतका तथ्याङ्क सङ्कलन गरी तिनलाई व्याख्यावादी दर्शन र कृतिपरक अध्ययन विधिका माध्यमबाट व्याख्या विश्लेषण गरिएको छ । अनुसन्धानमा सीमान्तीय सिद्धान्तलाई आधार बनाइएको छ । तथ्याङ्कको विश्लेषणमा पूर्व अध्येतासँग संवाद गर्दै लेखकीय दृष्टिकोणसमेत प्रस्तुत गरी उपन्यासको सीमान्तीय विश्लेषण गरिएको छ । उलार उपन्यास (२०५५) मा विशेष गरी पश्चिम नेपालको नेपालगञ्जलाई कार्यपीठिका बनाएर त्यहाँका सीमान्त वर्गका जनताका सङ्घर्षलाई चित्रण गरिएको छ । उपन्यासमा प्रेमललवा, द्रौपदी, कलुवा, निराकारप्रसाद, द्रौपदीका बुबाआमा, सावित्री, कुन्तीलगायत पात्रहरू सीमान्तीय रूपमा देखिएका छन् भने शान्तिराजा, राजेन्द्र बाबु, ननकउजस्ता पात्रहरू सम्भ्रान्त वर्गका रूपमा आएका छन् । उपन्यासमा प्रभुताको उपयोग सम्भ्रान्त वर्गले मात्र गरेका छन् भने सीमान्त वर्ग सदियौँदेखि प्रभुताबाट वञ्चित छन् । उनीहरू शोषित र उपेक्षित छन् । उपन्यासमा सीमान्त पात्रका सामथ्र्य र सम्भावनाको उपयोग सम्भ्रान्त वर्गका लागि मात्र भएको छ । यस सन्दर्भमा उपन्यासमा सीमान्तीयतालाई वर्गीय, लैङ्गिक, जातीय, शैक्षिक, उमेरगत, सांस्कृतिक तथा स्थानगत आधारमा विश्लेषण गरिएको छ । सीमान्तीयताको अध्ययनमा रुचि राख्ने अध्येताका लागि प्रस्तुत अनुसन्धानले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।